कम्तिमा पनि ६ जना मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री ओली « Khabarhub

कम्तिमा पनि ६ जना मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री ओली


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् ।

सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको भनेर अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई जानकारी गराएका छन् ।

सोमबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा ओलीले प्रचण्डलाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जनाएका हुन् ।

नेकपा सचिवालयले मन्त्रीमण्डल पुनर्गठनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिएको थियो ।

सोमबार बिहान बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले बर्खास्तीमा पर्ने भनेर ८ जना मन्त्रीको नाम पढेर प्रचण्डलाई सुनाएका थिए ।

प्रचण्डले केही मन्त्रीको विषयमा फेरि सोच्न भनेपछि २ जनाको जिम्मेवारी हेरफेर गर्ने र ६ जनालाई बर्खास्त गर्न सकिने विकल्पबारे छलफल भएको थियो ।

‘प्रधानमन्त्रीज्युले शुरुमा सबै मन्त्रीलाई राजीनामा दिन लगाएर मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रस्ताव राख्नुभएको थियो,’ सोमबार बालुवाटारमा ओली र प्रचण्डबीचको भेटवार्तामा भएको कुराकानीबारे जानकारी दिँदै स्रोतले खबरहबसँग भन्यो, ‘तर, प्रचण्डले सबै जनाको राजीनामा माग्दा उपयुक्त नहुने भनेपछि प्रधानमन्त्रीले ८ जनाको नाम पढेर सुनाउनुभयो ।’

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरु मात्रिका यादव, लालबाबु पण्डित, थममाया थापा, बिना मगर, युवराज खतिवडा, चक्रपाणी खनाल, शक्ति बस्नेत र रघुबीर महासेठको नाम पढेर सुनाएका थिए । तर, प्रचण्डले केही मन्त्रीको विषयमा पुनर्विचार गर्नुपर्ने भनेपछि प्रधानमन्त्री ओलीले २ जनाको जिम्मेवारी हेरफेर गर्न सकिने विकल्प सुनाएका थिए ।

जवाफमा प्रचण्डले सचिवालय बैठकबाट निर्णय लिँदा उपयुक्त हुने बताएका स्रोतले जानकारी दियो ।

प्रचण्डले सचिवालयको बैठक बोलाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले पनि तत्कालै सचिवालय बैठक बोलाउने विषयमा सहमति जनाए ।

मंगलबारका लागि सचिवालय बैठक बोलाइएको छ ।

‘चिनियाँ राष्ट्रपति सी भ्रमणको समीक्षा गर्न मंगलबार समीक्षा बैठक बस्दै छ’ एक सचिवालय सदस्यले भने, ‘दुई अध्यक्षले आजै बैठकको एजेण्डा तय गरिसक्नु भएको छ।’

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन कात्तिक ७ गते अजरबैजान जान लागेका छन् ।

ओली अजरबैजान जानुभन्दा अगाडि नै मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारीमा रहेका बालुवाटार स्रोतले खबरहबलाई जानकारी दियो ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ३ : ३५ बजे

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज– चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड ९ब्लक० मा

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रित हुनुपर्छ : अग्नि सापकोटा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले विगतका

रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन

बुटवल- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ

नयाँ उपकरण राखेर गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं- गोरखकाली रबर उद्योग पुन: सञ्चालन सुझाव कार्यदलले १० महिना