जम्मु कश्मिरमा ७२ दिनपछि शुरु भयो मोबाइल सेवा « Khabarhub

जम्मु कश्मिरमा ७२ दिनपछि शुरु भयो मोबाइल सेवा


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– जम्मु काश्मिरमा ७२ दिनपछि सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा शुरु गरिएको छ ।

जम्मु काश्मिरका मुख्य सचिव रोहित कन्सालले सोमबार दिउँसो १२ बजेदेखि काश्मिर प्रान्तका सबै १० वटा जिल्लामा पोस्टपेड मोबाइल सेवा सञ्चालन हुने जानकारी दिएका छन् । सुरक्षा स्थितिको मूल्याङ्कन पश्चात जम्मु काश्मिरका सबै भागमा मोबाइल सेवा सुचारु गर्ने निर्णय भएको उनले बताए ।

भारतीय संविधानबाट धारा ३७० मा रहेका प्रावधान हटाएका कारण सुरक्षा खतरा बढ्ने सम्भावना रहेको भन्दै भारत सरकारले सम्पूर्ण जम्मु काश्मिरमा गत अगस्ट ५ देखि सबै टेलिकम नेटवर्क र ल्यान्डलाइन सेवा बन्द गरेको थियो ।

यसअघि नै ल्यान्डलाइन सेवा चरणबद्ध रुपमा खुला गरिए पनि काश्मिर उपत्यकाका विभिन्न क्षेत्रमा मोबाइल उपकरणको प्रयोगमा प्रतिबन्धहरु लगाइएको थियो ।

कंसालले गत शनिबार जम्मु काश्मिरका सबै इलाकामा ल्यान्डलाइन फोन सेवा पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिएका थिए ।

कन्सालले जम्मु काश्मिरमा हिँडडुलमा लगाइएका प्रतिबन्धहरु पनि ९९ प्रतिशत हटेको जनाएका छन् । जम्मु काश्मिरका गभर्नरले पर्यटकहरुका लागि जम्मु काश्मिर अक्टोबर १० देखि खुला रहने घोषणा गरेलगत्तै टेलिकममा लगाइएका प्रतिबन्धहरु पनि हटाइएका हुन् ।

स्थानीय प्रशासनले जम्मु काश्मिर भ्रमणमा आउने पर्यटकलाई आवश्यक सहयोग र स्रोत उपलब्ध गराउने जनाएको छ ।

परिस्थिति सामान्य भएसँगै गत अगस्ट २९ देखि नै जम्मुका डोडा, किस्टवाड, रामबन, रजौरी र पूँचमा पोस्टपेड मोबाइल सेवा शुरु भइसकेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ३ : १६ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा