विमानस्थलमा तोडफोड गर्ने सांसदमाथि कारबाही नभए उडान बन्द गर्ने चेतावनी « Khabarhub

विमानस्थलमा तोडफोड गर्ने सांसदमाथि कारबाही नभए उडान बन्द गर्ने चेतावनी


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वायुसेवा संचालक संघ (आयोन)ले जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसदलाई कारबाही नगरे निजी उठानहरु ठप्प पार्ने चेतावनी दिएको छ ।

आयोनले विज्ञप्ति जारी गर्दै विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद शाहमाथि कारवाही गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएको छ । घटनाको निस्पक्ष छानविन गरी दोषीमाथि तत्काल कारबाही गर्न आयोनको माग छ ।

उक्त समयावधिभित्र पनि कुनै कारबाही नभए जनकपुरमा भइरहेको सम्पूर्ण उडान बन्द गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सर्लाही १ का सांसद साहले सामेबार बुद्ध एयरको जहाज उडानमा ढिलाइ भएको भन्दै बिमानस्थलमा रहेको बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ६ : ४७ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर