९ करोड बिगो दाबीसहित राजस्व छली गर्ने पाँच जनाविरुद्ध मुद्दा « Khabarhub

९ करोड बिगो दाबीसहित राजस्व छली गर्ने पाँच जनाविरुद्ध मुद्दा


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बीजकको प्रयोग गरी नौ करोड ३९ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा पाँच जनाविरुद्ध  मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले कारोवारको सिलसिलामा झुठो नक्कली बीजक तयार गरी कर छलेको भन्दै उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

कर छली गरेको आरोपमा काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने एसपी इन्टरप्राइजेज र हिमाल कन्सट्रक्सनका प्रोपाइटर शिवप्रसाद गौतमले रु तीन करोड ८१ लाख र रामेछाप घर भई काठमाडौँमा हार्डवेयर सञ्चालन गर्दै आएका देवबहादुर खत्रीले झण्डै तीन करोड बिगो बराबरको राजस्व छलेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

यस्तै काभ्रेपलाञ्चको पाँचखाल– ७ घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने वाटरमार्क इन्टरप्राइजेजका प्रोप्राइटर शिवराम न्यौपानेले रु एक करोड ५९ लाख, काठमाडौँ महानगरपालिका– ११ बस्ने हिमालयन इन्टरप्राइजेजका प्रोपाइटर लक्ष्मण चौलागाईंले रु ६९ लाख ३९ हजार र भक्तपुर बस्ने न्यू युनिभर्सल इन्टरप्राइजेका सञ्चालक सुदर्शन चौलागाईंले रु ३० लाख ३२ हजार बिगो बराबरको कर छली गरेको आरोपमा विभागले उनीहरुविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ६ : ०० बजे

निर्णायक घडीमा प्रदीप ज्ञवालीको अपिल : ओली नेतृत्वको टोलीलाई जिताऔँ

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ