बङ्गलादेशका राष्ट्रपति हमिद पोखरा जाँदै « Khabarhub

बङ्गलादेशका राष्ट्रपति हमिद पोखरा जाँदै


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा जाँदैछन् । राष्ट्रपति हमिद आज बिहान साढे ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्ने प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

पोखराको दृश्यावलोकन गर्न आउन लाग्नुभएका राष्ट्रपति हमिदको स्वागतको सम्पूर्ण तयारी पूरा भएको प्रजिअ केसीले बताए । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्नेछन् ।

राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाद्वारा दुई झाँकी देखाउने तयारी गरिएको छ । पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गर्नेछन् ।

राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । सबै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको उनले बताए।

पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा आराम गर्नुका साथै केही समय फेवातालमा जलविहार गर्ने कार्यक्रम छ ।

जलविहारपश्चात नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन् । त्यसपछि, राष्ट्रपति हमिद आजै काठमाडौँ फर्कनुहुने प्रजिअ केसीले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ९ : २३ बजे

हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी, मन्त्री यादवलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौँ– लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको