मधुमेहबाट जोगिन के के गर्ने ? « Khabarhub

मधुमेहबाट जोगिन के के गर्ने ?


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामान्य बोलिचालिको भाषामा चिनी रोग भनेर चिनिने मधुमेहबाट जोगिन आफैले साबधानी अपनाउन जरुरी छ । अस्वस्थकर खानपान र अव्यवस्थित जीवनशैली कै कारण यो रोगले मानिसलाई पीडित बनाउने गर्छ । त्यसैले मधुमेहबाट जोगिन अपनाउनुहोस यी ७ कुरा :

१ पेटको गोलाई घटाउनुस् : भुडी अर्थात पेटको गोलाई जति बढी भयो त्यति नै बढी मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । त्यसैले पेटको गोलाई घटाउन लाग्नुपर्छ । त्यसका लागि खानपान र जीवन शैलीमै परिर्वतन गर्नुपर्छ । पेटको गोलाई घटाउने विभिन्न उपायहरु हुन्छन त्यसको प्रयोग गर्नुपर्छ ।

२ शारीरिक व्यायम गर्नुहोस : विश्व स्वास्थ्य संगठन डव्लुएचओले दैनिक कम्तीमा आधा घण्टा शारीरिक व्यायम गर्नुपर्छ भनेको छ । तसर्थ सकिन्छ दैनिक एक घण्टा नसके आधा घण्टा कम्तीमा व्यायम गर्नुपर्छ ।

३ गाडी चड्ने मानिसहरु बसस्टपमै ओर्लनुस् : शहरमा गाडी चड्ने मानिसहरु बसस्टममै ओर्लेको राम्रो । बसस्टपमै ओर्लदा गन्तव्यमा पुग्न केही समय हिडिन्छ । यसले राम्रो हुन्छ । घर अगाडी वा गन्तव्यमै ओर्लनु राम्रो होइन् ।

४ स्वस्थ र ताजा खाना खाऔँ : मधुमेहबाट जोगिनका लागि चिल्लो रहीत खाना खाऔँ । तेलमा तारेको खाना बन्देज गरेको राम्रो । खानेकुरामा साग सव्जी र फलफुलमा जोड दिऔँ । अझ त्यसमा पनि विषादी नहालेको सागशव्जी र फलफुल खान पाए अझ राम्रो । मकैको च्याख्ला पनि मधुमेहीलाई राम्रो मानिन्छ ।

५ भात कम खाने गरौँ : भात सकेसम्म कम खाऔँ । तर यसो भन्दैमा कडा शारीरिक काम गर्नेहरुले कम खानु भनेको होइन् । काम अनुसार डाइट पुरयाउनै पर्छ । तर सामान्य हल्का काम गर्नेले धेरै भात खाँदा त्यसले पेटको गोलाई बढाउछ । खानामा एक पटकमा दुई तीन वटा टुक्रा मासु खान सकिन्छ । बोसोरहित चिकेन फिस खानु राम्रो मानिन्छ । यो मधुमेहीलाई मात्रै होईन जो तौल घटाउन खोज्नेका लागि पनि राम्रो हुन्छ ।

६ चिसो पेय पदार्थ जंकफुड नखाऔँ : कोक फेन्टा जुस आदि नखाऔँ बरु त्यसको सट्टा प्रसस्त पानी खाऔँ । मिठाईहरु लालमन रसबरी नखाऔँ लाखमरी, जेरी स्वारी आदि तारेको चिज नखानु भन्छौँ । गुलियो चिल्लो खाने कुराले खानेकुराले अनावश्यक बोसो बढाउछ ।

७ मधुमेहको नियमित जाँच गरौँ : यदि आफ्ना बंशजहरुमा मधुमेह छ भने ३० बर्ष देखिनै मधुमेह परीक्षण गर्नु राम्रो हुन्छ । अन्य व्यक्तिले ४० बर्ष कटेपछि गरेपनि हुन्छ । तर एक्कासी तौल घट्दै गयो , पिसाव लागि राख्यो अर्थात बाथरुप गएको गयै गर्न परयो भने त डाक्टरलाई देखाई हाल्नुपर्छ ।

मधुमेह रोग देखिएपछि कसरी व्यवस्थापन गर्ने ?

मधुमेह रोग देखिएपछि अर्थात पहिचान गरेपछि कसरी स्वयं व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनेुपर्छ । किनभने यसको राम्ररी व्यवस्थापन गर्न सकिएन वा जानिएन भने थप गम्भीर खतरा निम्त्याउछ । जस्तै मिर्गौला फेल हुने, मुटुरोग पक्षघात यौनदुर्वलता, खुटटा झमझमाउने पोल्ने र खुटा काटने अवस्था सम्म पुरयाउन सक्छ ।

त्यसैले पहिलो त के कारणले मधुमेह लाग्छ भनेर ज्ञान हुनुपर्यो, जो माथि आइसक्यो । हामीले खानपानको व्यवस्थापन अर्थात् सन्तुलित भोजन गर्न सक्यौं भने मधुमेहबाट जोगिन सक्छौं । जस्तो, ब्राउन राइस, मकै, गहुँ, जौ, कोदो खान सकिन्छ । चिकित्सकको नियमित सम्पर्कमा बस्ने, चिकित्सकले दिएको सल्लाह अनुसारका गतिविधि गरेर पनि रोगको व्यवस्थापन गर्न सकिन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १० : ४५ बजे

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

महेन्द्रनगर– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता

एजेन्सी– क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड