अन्ततः रातो पासपोर्टमै अमेरिका उडे मुख्यमन्त्री राउत « Khabarhub

अन्ततः रातो पासपोर्टमै अमेरिका उडे मुख्यमन्त्री राउत


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका प्रस्थान गरेका छन् ।

एसोसियट अफ नेपाली तराईयन इन अमेरिका (एन्टा) को साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन उनी बुधबार अमेरिका गएका हुन् । साधारणसभा आउँदो शनिबार हुँदैछ ।

उनले सवै प्रक्रिया पूरा गर्दा पनि  कुटनीतिक राहदानी  दिन संघीय सरकारले लामो समयसम्म झुलाएको आरोप लगाएका छन् ।

कार्यक्रमका लागि असोज २९ गते नै मुख्यमन्त्री राउतले प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा आफ्नो अमेरिका भ्रमणको एजेण्डालाई स्वीकृत गराएका थिए ।

भ्रमणका लागि आवश्यक कुटनीतिक राहदानी प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गराएका थिए । प्रदेश सरकारबाट आवश्यक प्रक्रिया पूरा गरिसकेपछि राहदानीका लागि बाँकी प्रक्रिया पूरा गर्न संघीय सरकारसमक्ष सिफारिस गरिएको थियो ।

तर लामो समयसम्म झुलाएर मात्र उनलाई कुटनीतिक राहदानी प्रदान गरिएको उनको गुनासो गरे । मुख्यमन्त्री राउतसँग प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झा पनि अमेरिका प्रस्थान गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत पदमप्रसाद पोखरेका अनुसार २०८० भदौ १८ गतेसम्मका लागि मुख्यमन्त्रीलाई कुटनीतिक राहदानी प्राप्त भएको हो ।

कुटनीतिक राहदानी प्रदान गर्न गरिएको ढिलाइलाई लिएर मुख्यमन्त्री राउतले अमेरिका प्रस्थान गर्नुअघि एक सार्वजनिक कार्यक्रममा आफूलाई अपमान गरेको भन्दै दुखेसो पोखेका थिए ।

परराष्ट्र मन्त्रालयबाट सहमति पाएपछि मुख्यमन्त्री राउतले कात्तिक १९ गते कूटनीतिक राहदानी प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ११ : २३ बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर