युवा सङ्घले तोक्यो ७७ जिल्लामा संयोजक र सहसंयोजक « Khabarhub

युवा सङ्घले तोक्यो ७७ जिल्लामा संयोजक र सहसंयोजक


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ । सङ्घको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको सङ्घका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्वएमाले निकट संयोजक र ३५ जिल्लामा पूर्वमाओवादी निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) रहेका छन् । पार्टी एकतापछि जनवर्गीय सङ्गठनमा तल्लो तहसम्मको एकता प्रक्रिया टुङ्ग्याउने सङ्घ पहिलो सङ्गठन हो ।

जिल्ला संयोजक र सहसंयोजकले जिल्ला कमिटीको एकता टुङ्ग्याउनेछ । सङ्घको ३३५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । बैठकले आगामी शनिबार काठमाडौँमा केन्द्रीय समितिको शपथग्रहण तथा केन्द्रीय कमिटी बैठक र मङ्सिर १ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको सङ्घका संयोजक सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १ : ३९ बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको