भुवन स्टारर ‘मिस्टर नेपाली’ को ‘डंका पिट्यो’ सार्वजनिक (भिडियो) « Khabarhub

भुवन स्टारर ‘मिस्टर नेपाली’ को ‘डंका पिट्यो’ सार्वजनिक (भिडियो)


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भुवन केसी स्टारर फिल्म ‘मिस्टर नेपाली’ मा समावेश गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएको छ । रिलिजको एक दिनअघि फिल्मको गीत सार्वजनिक गरिएको हो ।

गीतमा डेभिड शंकरको स्वर, देव भुषालको शब्द र दिपक शर्माको संगीत सुन्न सकिन्छ । यस्तै गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, निरज कँडेलको छायांकन, जीवन थापाको सम्पादन रहेको छ ।

देव भुसालको लेखन तथा निर्देशन रहेको यो फिल्ममा साहिल श्रेष्ठ, कुसुम राउत, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोल लगायतका कलाकारको अभिनय छ ।

प्रेमराज दाहालको लगानी रहेको फिल्ममा भूवन केसी, सरोज खनाल, कमलमणी नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारको समेत अभिनय छ । भुवनले फिल्ममा दोहोरो चरित्र निभाएका छन् ।

नेपाल छाडेर विदेश गए पनि नेपालीपन रहन्छ भन्ने कथा देखाउन खोजिएको यो फिल्म अमेरिकाका नेपालीमाझ विशेष शो समेत गरिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  २ : ३९ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि