मन्दिरको चन्दा बाकस र घण्टी चोरी गर्ने व्यक्ति पक्राउ | Khabarhub Khabarhub

मन्दिरको चन्दा बाकस र घण्टी चोरी गर्ने व्यक्ति पक्राउ


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित गणेश मन्दिरमा रहेको चन्दा बाकस र घण्टी चोरी गर्ने १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली घर भइ ललितपुरको टीकाथली बस्ने सागर बहादुर कार्की छन् ।

गणेश मन्दिरबाट चन्दा बाकस र घण्टी चोरी गर्ने क्रममा नै प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।

कार्कीले मन्दिरमा शंकास्पद गतिविधि गरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई चन्दा बाकस र घण्टीसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  २ : २४ बजे

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि