राष्ट्रपति हमिदको पोखरा भ्रमणले पर्यटन व्यवसायीमा उत्साह « Khabarhub

राष्ट्रपति हमिदको पोखरा भ्रमणले पर्यटन व्यवसायीमा उत्साह


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरा भ्रमणले पोखराका पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । भ्रमण वर्ष, २०२० को पूर्वसन्ध्यामा राष्ट्रपति मोहम्मदको भ्रमणलाई विशेषरूपमा लिइएको पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

नेपाली सेनाको विशेष हेलिकप्टरबाट पोखरा आएका राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशप्रमुख अमिक शेरचनसहित प्रदेशका उच्चपदस्थ व्यक्तिबाट भव्य स्वागत गरिएको थियो ।

त्यसलगत्तै राष्ट्र बैंक चोकको सडक किनारबाट पोखरा पर्यटन परिषद्को नेतृत्वमा बसेका पर्यटन व्यवसायी, आमा समूह, टोल विकास संस्था लगायतले नेपालको झण्डा फहराएर पुष्पगुच्छासहित हमिदको भव्य स्वागत गरेका थिए । धर्मपत्नीका साथमा रहेका राष्ट्रपति हमिदले मुस्कानका साथ सबैलाई अभिवादन गरेका थिए ।

भ्रमण वर्षको पूर्वसन्ध्यामा अतिविशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउँदा निकै खुसी लागेको परिषद् अध्यक्ष पोखरेलले बताए । उनले यसलाई पर्यटन क्षेत्रका लागि एउटा सकारात्मक सन्देश भएको प्रतिक्रिया दिए । महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले सुन्दर शहर पोखरामा राष्ट्रपति हमिदको भ्रमणले पोखरालाई अन्तर्राष्ट्रियरूपमा चिनाउन थप सहयोग पुग्ने बताए ।

नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले राष्ट्रपति हमिदको भ्रमणले पर्यटन प्रवद्र्धनमा थप भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने, “पर्यटनमा प्रचारप्रसारले विशेष भूमिका खेल्छ, हमिदको पोखरा भ्रमणले पोखरा र यसको सुन्दरतालाई विश्वमा चिनाउने एउटा अर्को अवसर सिर्जना गरेको छ ।”

राष्ट्रपति हमिदले आफ्नी धर्मपत्नीका साथ फेवातालमा आधा घण्टा जलविहार गरेका थिए । फेवाताल किनारस्थित फिष्टेल लजमा दिवाभोज गरेर उनी पोखरा आसपासका दृश्यावलोकनका लागि रुपाकोट रिसोर्ट प्रस्थान गरेका थिए ।

रुपाकोट गाउँपालिकाले उनको स्वागतमा झाँकीसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । करीब एक घण्टा रुपाकोट बसेर उनी पौने ५ बजे हेलिकप्टरबाट काठमाडौँ फर्किएका हुन् ।

पोखराको आतिथ्यताले राष्ट्रपति हमिद निकै प्रसन्न भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । प्रजिअ केसीले भने, “सुन्दर शहरमा अतिविशिष्ट पाहुनालाई घुमाएर पठाउन पाउँदा हामीलाई निकै खुसी लागेको छ ।”

राष्ट्रपति हमिदले बिदाइका बेला निकै प्रसन्न मुद्रामा सबैलाई धन्यवाद दिएको प्रजिअ केसीले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ८ : ४६ बजे

ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि

कांग्रेसबाट स्वर्णिमले खोसेको तनहुँ-१ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनमा हुने निर्वाचन नजिकिँदै गर्दा झापा- ५, सर्लाही-

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड : पहिरो रोकथाम योजना सुरु

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित