प्रदेश ५ का सहकारीले कृषि क्षेत्रमा ३० प्रतिशत लगानी गर्नुपर्ने « Khabarhub

प्रदेश ५ का सहकारीले कृषि क्षेत्रमा ३० प्रतिशत लगानी गर्नुपर्ने


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी – प्रदेश नं ५ का सहकारीहरुले कम्तीमा ३० प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नुपर्ने भएको छ । कृषिमा युवाको आकर्षण बढाउन र कृषि उत्पादन वृद्धि गर्न प्रदेशले बनाएको सहकारी ऐनमा उक्त व्यवस्था गरिएको प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिइन् ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ र १२ मा स्थापना गरिएको सहकारी कृषि बजारको बिहीबार उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले सहकारीले बचत मात्र नगरी कम्तीमा ३० प्रतिशत लगानी कृषि उद्योगमा गर्नुपर्ने प्रावधान ऐनमै व्यवस्था गरिएको बताइन् ।

मन्त्री पौडेलले भनिन्, “सहकारीको नाम कृषि राख्ने तर बचतमा सीमित भएर अब समृद्धि प्राप्त हुँदैन, कृषि सहकारीहरुले गाउँगाउँमा उत्पादन भएका कृषि उपजको बजारीकरण गरेमात्र नामअनुसारको काम गरेको ठहर्छ, तसर्थ कृषि, बचत तथा ऋणलगायत जुनसुकै सहकारीले पनि कम्तीमा ३० प्रतिशत लगानी कृषि उद्यममा गर्नुपर्ने प्रावधान हामीले ऐनमा व्यवस्था गरेका छौँ”, उनले भनिन्, “बचत सहकारीहरुले विभिन्न कोषको नाममा करोडौँ रकम लगानी नगरी बचत गरेर राखेका छन्, यता कृषकले मल बीउ किन्न सकिरहेका छैनन्, अब यस्तो परिस्थितिको अन्त्य हुनुपर्छ ।”

कृषि व्यवसाय गर्ने सहकारीलाई यान्त्रिकीकरण, प्रशोधन, बिक्री वितरण बजारीकरणलगायतमा प्रदेश सरकारले यथेष्ठ सहयोग गर्ने उनले बताइन् ।

गाउँगाउँमा सहकारीमार्फत व्यवसाय गर्नका लागि ५० प्रतिशत सहकारीले लगानी गरे प्रदेश सरकारले ५० प्रतिशत लगानी गरेर सहयोग गर्ने मन्त्री पौडेलले बताइन् । महिला सहकारीलाई भने सकारात्मक विभेदको नीति अवलम्बन गर्दै ७५ प्रतिशत प्रदेश सरकारले लगानी गरेर व्यवसाय प्रवर्द्धन गर्न सहयोग गर्ने उल्लेख गरिन् ।

सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले कृषि बजारलाई प्रवर्द्धन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । उनले सहकारीका सबै सदस्यलाई कृषि उद्यम गर्न सहकारीले जोड दिनुपर्ने बताए । कृषिमा पहिलो प्राथमिकता दिइएको बताउँदै उहाँले कृषि पेशा गर्न आवश्यक सीप प्रदान गर्न नगरपालिका तयार रहेको उल्लेख गरे ।

सहकारी बजारका अध्यक्ष देवीलाल डुम्रेका अनुसार प्रदेश सरकारको रु ५० लाख र सहकारी संस्थाको रु ५० लाख गरी रु एक करोडको लागतमा कृषि सहकारी बजार सञ्चालनमा ल्याइएको जानकारी दिए । बजारमा स्थानीय कृषकले उत्पादन गरेका तरकारी, फलफूल, खाद्यान्नलगायत कृषि उपज पैँचो पसलको अवधारणामा सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ९ : ४५ बजे

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायो

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र