नायिका मनिषाका बाबु–आमाको वैवाहिक वर्षगाँठमा हिमानी पुगेपछि… « Khabarhub

नायिका मनिषाका बाबु–आमाको वैवाहिक वर्षगाँठमा हिमानी पुगेपछि…


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व युवराज्ञी तथा हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाह पछिल्लो समय सामाजिक कार्यमा मात्र होइन सार्वजनिक कार्यक्रममा समेत सहभागी हुन थालेकी छिन् ।

गत विहीबार नायिका मनिषा कोइरालाका बाबु–आमाको वैवाहिक वर्षगाँठको विशेष कार्यक्रममा समेत उनी सहभागी भएकी थिइन् ।

उनले कार्यक्रममा सहभागी हुँदै मनिषाका बाबा र आमालाई बधाई तथा शुभकामना दिइन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज तथा लोकप्रिय नेता बीपी कोइरालाका ज्येष्ठ पुत्र प्रकाश कोइराला र उनकी धर्मपत्नी सुष्मा कोइरालाले आफनो विवाहको पचास बर्ष पुगेको अवसरलाई सुवर्ण उत्सवको रुपमा मनाएका थिए ।

मातापिताको विवाह वर्षगाँठ मनाउन छोरी मनिषा र छोरा सिद्धार्थले काठमाडौको लाजिम्पाटस्थित एक होटेलमा आफ्ना इष्ट मित्र तथा पाहुनाहरुका लागि जलपानको आयोजना गरेका थिए ।

कोइराला दम्पतीको ५० औं वेडिङ एनिभर्सरीको विशेष कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह आफ्ना ससुरा पूर्वराजा ज्ञानेन्द्र शाहको बधाई र शुभकामना लिएर पुगेकी थिइन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : ०५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान