चेल्सी बर्नेमाउथसँग १-० गोल अन्तरले पराजित | Khabarhub Khabarhub

चेल्सी बर्नेमाउथसँग १-० गोल अन्तरले पराजित


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमा पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सी बर्नेमाउथसँग १-० गोल अन्तरले पराजित भएको हो ।

स्टामफोर्ड ब्रिजमा बर्नेमाउथलाई जित दिलाउन डान गोस्लिङले निर्णायक गोल गरे । उनले खेलको ८४ औं मिनेटमा गोल गरेका थिए ।

बल पोजिसनमा पकड जमाएपनि पाएको मौका सदुपयोग गर्न नसक्दा चेल्सी पराजित भएको हो । यो हारसँगै चेल्सीले शीर्ष तीनमा उक्लने मौका गुमाएको छ । चौंथो स्थानको चेल्सीले १७ खेलमा २९ अंक जोडेको छ । बर्नेमाउथ १९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

अर्को खेलमा लिगको दोस्रो स्थानको लेष्टर सिटीले नर्विचसँग १-१ गोलको बराबरी खेलेको छ । यस्तै सेफिल्ड युनाइटेडले एस्टन भिल्लालाई २-० ले पराजित गर्दा बर्नलीले न्युकासललाई १-० ले हराएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : १३ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड