चेल्सी बर्नेमाउथसँग १-० गोल अन्तरले पराजित « Khabarhub

चेल्सी बर्नेमाउथसँग १-० गोल अन्तरले पराजित


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमा पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सी बर्नेमाउथसँग १-० गोल अन्तरले पराजित भएको हो ।

स्टामफोर्ड ब्रिजमा बर्नेमाउथलाई जित दिलाउन डान गोस्लिङले निर्णायक गोल गरे । उनले खेलको ८४ औं मिनेटमा गोल गरेका थिए ।

बल पोजिसनमा पकड जमाएपनि पाएको मौका सदुपयोग गर्न नसक्दा चेल्सी पराजित भएको हो । यो हारसँगै चेल्सीले शीर्ष तीनमा उक्लने मौका गुमाएको छ । चौंथो स्थानको चेल्सीले १७ खेलमा २९ अंक जोडेको छ । बर्नेमाउथ १९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

अर्को खेलमा लिगको दोस्रो स्थानको लेष्टर सिटीले नर्विचसँग १-१ गोलको बराबरी खेलेको छ । यस्तै सेफिल्ड युनाइटेडले एस्टन भिल्लालाई २-० ले पराजित गर्दा बर्नलीले न्युकासललाई १-० ले हराएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : १३ बजे

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

तुलसीपुर– लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना