अपाङ्गताको सुरक्षा सरकारको प्राथमिकतामा « Khabarhub

अपाङ्गताको सुरक्षा सरकारको प्राथमिकतामा


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अपाङ्गता भएका व्यक्तिको सुरक्षामा प्रदेश सरकारले प्राथमिता दिएको बताएका छन् ।

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँद्वारा सुर्खेतमा आयोजित तीनदिने ‘निःशुल्क ह्वीलचियर वितरण तथा प्रशिक्षक तालिम’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिकोमा परिवर्तनको आवश्यकता रहेकामा जोड दिए ।

‘अपाङ्गता भएका व्यक्तिमा पनि विलक्षण प्रतिभा हुन्छ’, उनले भने, ‘त्यसैले उनीहरु समाजका लागि काँडा होइन, फूलजस्तो देखिनुपर्छ ।’

मन्त्री भण्डारीले मानव विकास सूचाकाङ्कमा पछाडि रहेको कर्णालीलाई माथि उठाउन आवश्यक रहेकामा जोड दिँदै उनीहरुलाई उत्पादनशील बनाउनुपर्ने बताए ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले कर्णाली प्रदेशमा अपाङ्गतामैत्री भौतिक संरचना निर्माणका लागि नीतिगत क्षेत्रबाट पहल गरिने बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ९ : ५४ बजे

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय

बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार

गलकोट– यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटलमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको