बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार « Khabarhub

बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गलकोट– यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ सुन्दर गाउँ बुढाथोक ।

लोकमार्ग कालोपत्रपछि बुढाथोक गाउँ चर्चामा आएको हो । हाल सो गाउँमा व्यवस्थित सामुदायिक घरबास सञ्चालन गरिएको छ । परम्परागत संरचनाका घरले भरिएको बुढाथोक गाउँमा हिजोआज आन्तरिक पर्यटक आउन थालेका छन् । 

यहाँका चार घर मिलेर बुढाथोक मगर नाखा सामुदायिक घरबास सञ्चालन गरेका हुन् । उनीहरूले खानाका परिकार पस्केर पाहुनालाई स्वागत गर्ने गरेका छन् । गत मङ्सिरदेखि सुरू गरिएको घरबासमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको छ ।
 
पाँच महिनामा १२० पर्यटक घरबासमा बस्न आइसकेका छन् । लोकमार्गछेउमा परम्परागत चिटिक्क परेका घरले जोकोहीलाई लोभ्याउने गरेको छ । 

सामुदायिक घरबासका सञ्चालक बिमा बुढागरले घरबासमा एकरातमा २० जना पाहुना राख्ने क्षमता रहेको जानकारी दिए । घरबास स्थापनाका लागि बिवाइसी बागलुङअन्तर्गत दिगो पर्यटन प्रवर्द्धन परियोजनाले सहयोग गरेको छ ।

‘समूहका विभिन्न महिलाहरूको सहभागितामा सामूहिक भोजन, स्वागत तथा कलासंस्कृति प्रदर्शन गरिन्छ’, बुढामगरले भने, ‘ढुङ्गाले छाएका पुराना घरमा स्थानीय खानाका परिकारसँगै आतिथ्यता हाम्रो प्रमुख आकर्षण हो ।’

घरबासमा मकै, भट्ट, आटो, कोदो र फापरको ढिडो, रोटी, मार्सी चामलको भात, लोकल कुखुरा, खसी, भेडाको मासु, च्याउको सुकुटी र लोकल सिमीको दाल र आलुको परिकार पाइने गरेको छ । 

घरबासमा एकरात खान बस्न प्रति व्यक्ति एक हजार २०० मात्रै शुल्क तोकिएको छ । यस गाउँको घरबास जिल्लाकै नमूना रहेको बागलुङको मालिकाबाट घरबासमा आउनुभएका पर्यटक मुक्तिराम सापकोटाले बताए। 

‘घरबास सञ्चालकहरूको स्वागत तथा सत्कार, नितान्त परम्परागत घरमा गुन्द्रीमा बसेर स्थानीय परिकार खान पाइयो’, सापकोटाले भने, ‘घरबास भनेकै परम्परा, संस्कृति र खानाका परिकारको व्यवस्थापन हो, घरबासको विषयमा अझै प्रचारप्रसार आवश्यक छ ।’

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ४ : १० बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित