अपाङ्गताको सुरक्षा सरकारको प्राथमिकतामा « Khabarhub

अपाङ्गताको सुरक्षा सरकारको प्राथमिकतामा


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अपाङ्गता भएका व्यक्तिको सुरक्षामा प्रदेश सरकारले प्राथमिता दिएको बताएका छन् ।

राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँद्वारा सुर्खेतमा आयोजित तीनदिने ‘निःशुल्क ह्वीलचियर वितरण तथा प्रशिक्षक तालिम’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिकोमा परिवर्तनको आवश्यकता रहेकामा जोड दिए ।

‘अपाङ्गता भएका व्यक्तिमा पनि विलक्षण प्रतिभा हुन्छ’, उनले भने, ‘त्यसैले उनीहरु समाजका लागि काँडा होइन, फूलजस्तो देखिनुपर्छ ।’

मन्त्री भण्डारीले मानव विकास सूचाकाङ्कमा पछाडि रहेको कर्णालीलाई माथि उठाउन आवश्यक रहेकामा जोड दिँदै उनीहरुलाई उत्पादनशील बनाउनुपर्ने बताए ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले कर्णाली प्रदेशमा अपाङ्गतामैत्री भौतिक संरचना निर्माणका लागि नीतिगत क्षेत्रबाट पहल गरिने बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ९ : ५४ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज