कांग्रेस केन्द्रीय कार्यसमितको बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितको बैठक बस्दै


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितको बैठक आज बस्दैछ । यसअघि बिहीबार रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले बहिस्कार गरेपछि आजका लागि बैठक सारिएको हो ।

नेता पौडेल असन्तुष्ट भएपछि सहमतिमा ल्याउन सभापति देउवाले छलफल गरेका थिए । सभापति देउवा हिजो बिहान नेता पौडेल निवास पुगेर सहमतिका लागि तयार रहेको बताएका थिए ।

उनले पौडेल पक्षको माग अनुसार नै अघि बढ्ने प्रतिवद्धता जनाएका थिए । पार्टी सभापति शेरबहादुर देउवालाघई पौडेलले महाधिवेशनको कार्यतालिका बाहेकका अरु विषय महत्वपूर्ण नभएको बताएका थिए ।

बैठकमा दुवै नेताहरुले समस्या समाधानका लागि सहमति खोज्न दोस्रो तहका नेतालाई जिम्मा लगाएका थिए ।

हिजो साँझ पौडेल पक्षका नेता प्रकाशमान सिंह र देउवा पक्षका विमेन्द्र नीधिको नेतृत्वमा सिंह निवास चाक्सिबारीमा छलफलसमेत भएको र छलफल सकारात्मक भएको जनाइएको थियो ।

पछिल्लो समय सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सहमति नहुँदा कांग्रेसमा बढ्दै गएको विवाद सतहमा आएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १० : ३५ बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा