सडक यातायातलाई सुरक्षित बनाउन तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई नेता नेपालको आग्रह « Khabarhub

सडक यातायातलाई सुरक्षित बनाउन तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई नेता नेपालको आग्रह


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सिन्धुपाल्चोकमा १४ जना को मृत्यु हुने गरि भएको बस दुर्घटनाले स्तब्ध बनाएको बनाएका छन् ।

उनले दु:खको यस घडीमा मृतकजनहरु प्रति हार्दिक श्रद्धान्जली, परिवार जनमा समवेदना साथै घाइते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

नेता नेपालले पछिल्लो समयमा सडक दुर्घटनामा ठूलो जनधनको क्षति भएको प्रति गम्भीर भई सडक यातायातलाई सुरक्षित बनाउन तत्काल प्रभावकारी कदम चाल्न नेपाल सरकार सहित सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।

दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८: १५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

बस सडकबाट कम्तिमा पाँचसय मिटर तल खसेको छ । दुर्घटनामा ८ जना महिला, तीनजना पुरुष, दुई बालक र एक बालिका गरी १४ जनाको शव प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १० : ५९ बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र