५० हजार भूकम्पपीडितबाट पैसा फिर्ता लिँदै प्राधिकरण, अब गुनासोको सुनुवाइ अदालतबाट « Khabarhub

५० हजार भूकम्पपीडितबाट पैसा फिर्ता लिँदै प्राधिकरण, अब गुनासोको सुनुवाइ अदालतबाट

जनप्रतिनिधि आएसँगै २ लाख २९ हजार गुनासो



काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा परेका भूकम्प पीडितलाई पहिलो किस्ताबापतको रकम बुझ्न पुस मसान्तसम्मको समयावधि निर्धारण गरेको छ ।

पुनर्निर्माण प्राधिकरणबाट करिब १० लाख घरको सर्वेक्षण गरिएकोमा ८ लाख १६ हजार लाभग्राही अनुदान पाउने सूचीकृत भएका थिए ।
जसअन्तर्गत ७ लाख ७६ हजार ९ सय लाभग्राहीले अनुदान सम्झौता गरे ।

त्यसमध्ये ७ लाख ६८ हजार ५ सय ५७ लाभग्राहीले पहिलो किस्ता, ६ लाख १६ हजार २ सय ७० लाभग्राहीले दोस्रो किस्ता र ५ लाख १३ हजार ६ सय ९४ लाभग्राहीले तेस्रो किस्ता बुझिसेकेका छन् ।

त्यस्तै लाभग्राहीको सूचीमा परेकामध्ये ४० हजार ८ सय ३५ जनाले अनुदान सम्झौता नगरेको र १० हजार २ सय घरधुरीले सम्झौता गरेर पनि पहिलो किस्ता नबुझेको भन्दै प्राधिकरणले अन्तिम समय तोकेको हो ।

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार ८ लाख २० हजार ६ सय ९१ घरधुरी लाभग्राहीको सूचीमा रहेको प्राधिकरणका प्रवक्ता गोपाल प्रसाद अर्यालले खबरहबलाई जानकारी दिए ।

जसमध्ये ७ लाख ७० हजार ८ सय ५६ घरधुरीसँग अनुदान सम्झौता गरेको र ४ लाख ८१ हजारले घर बनाएको उनले बताए ।

लाभग्राहीको रकम फिर्ता गरिने

प्राधिकरणले प्रक्रियाअनुसार अघि नबढेकाले गत साउन महिनामा ६२ हजार घरधुरीलाई लाभग्राहीको सूचीबाट हटाइसकेको छ ।

त्यस्तै लाभग्राही लिएर पनि घर निर्माण सुरु नगरेका पीडितलाई रकम फिर्ता गर्न समेत प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले किस्ता बुझेर घर नबनाउनेबाट रकम फिर्ता गरिने बताए ।

ज्ञवालीले पहिलो किस्ता रकम बुझ्नेमध्ये १ लाखभन्दा बढीले घर निर्माण सुरु नगरेको समेत बताए । ‘कुनै न कुनै उपाय निकालेर बुझेको फिर्ता गर्छौ’ ज्ञवालीले भने ‘यसका लागि पुष मसान्तसम्म्को समय दिएका छौं ।’

प्राधिकरणमा अझैपनि गुनासो आइरहेको बताउँदै उनी भन्छन्, ‘जनप्रतिनिधि आइसकेपछि दोस्रो चरणमा गरिएको सर्वेक्षण र पुनः जाँचअन्तर्गत २ लाख २९ हजार ४ सय १० घरधुरीको निवेदन प्राप्त भएकोमा ६५ हजारको छानवीन भइसकेको छ ।’

ज्ञवालीकाअनुसार प्राप्त निवेदनलाई हेर्दा २० प्रतिशत मात्र वास्तविक पीडित देखिएका छन् । ‘अहिले १ लाख २४ हजार २ सय ३९ निवेदनमाथि छानवीन भइरहेको छ’ उनले भने, ‘अब प्राधिकरणले गुनासोको निवेदन लिँदैन ।’

उनकाअनुसार अनुदानकै लागि प्राथामिकताका साथ हरेको र पीडितले गुनासाका निवेदन गरिरहेका छन् ।

गुनासो रहेका पीडित अदालत जानुपर्ने !

प्राधिकरणले स्थानीय तहलाई बढी जिम्मेवार बनाएर वास्तविक पीडितको मात्र सिफारिश गर्न अनुरोध गरेपनि अत्याधिक मात्रामा गुनासा आएपछि निवेदन नलिने भएको हो ।

भूकम्पपीडित मर्कामा परेको भए उच्च अदालतका न्यायधीशसमक्ष गुनासोको निवेदन दिन सक्ने प्रावधान प्राधिकरणले बनाएको छ ।

उक्त प्रावधानमा रहेर अति प्रभावित १४ र अन्य १८ जिल्लाका पीडितले अदालतमा निवेदन दिन सक्नेछन् ।

विनाशकारी भूकम्प गएको साढे चार वर्ष बितिसकेको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका १० लाख ३६ हजार घरमा क्षति पुर्‍याएको थियो । भूकम्प पछिको पुनर्निर्माणको अवस्थालाई हेर्दा हालसम्म ६२ प्रतिशत अर्थात् ४ लाख ८१ हजार घर सम्पन्न भएका छन् भने ६ लाख ६० हजार २ सय ११ घरहरु निर्माणधीन अवस्थामा छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ११ : ५१ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा