यस्तो नगरपालिका जहाँका कृषकले पाउँछन् नि:शुल्क बीउ र पानी | Khabarhub Khabarhub

यस्तो नगरपालिका जहाँका कृषकले पाउँछन् नि:शुल्क बीउ र पानी


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– राज्यको नीति छ कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने तर कृषकलाई सिंचाई, मल र बिउको अभावले सताइरहन्छ ।

देशको अधिकांश क्षेत्रका किसान खेतीका लागि वर्षाको पानीमा निर्भर हुन्छन् कि त विद्युतीय मोटर पम्पको प्रयोग गरी जमिनको पानी तान्ने गर्दछन् ।

विद्युतीय मोटरबाट पानी तान्दा महङ्गो पर्ने गरेको किसानको गुनासो छ । मुलतः तराई मधेश क्षेत्रमा सिंचाई सुविधा अभावको कारण किसानहरु चिन्तित हुने गर्दछन् ।

अन्य क्षेत्रमा परिस्थिति फरक भए पनि रौतहट जिल्लाको मौलापुर नगरपालिकाका किसान भने निस्चिन्त भएर आफ्नो पेसामा रमाउने गर्दछन र मनग्ये उत्पादन गरिरहेका छन् । किनकि यस नगरपालिकाभित्र कृषि मिटरमार्फत विद्युतीय मोटरको प्रयोग गरि सिंचाई गर्ने किसानहरुले मिटर बिल निशुल्क पाउने गरेका छन् ।

“यस नगर क्षेत्रको ७५ प्रतिशतभन्दा बढी भूभागमा खेती हुने गर्दछ र अधिकतम स्थानीय कृषि पेसामा आधारित छन् । स्थानीयका लागि सिंचाईका लागि विकल्पको रुपमा रहेको कृषि मिटर रहेको छ । यसबापत विद्युत प्राधिकरणलाई तिर्नुपर्ने शुल्क नगरपालिकाले बेहोर्ने गरेको छ । यसले किसानलाई सहज बनाइदिएको छ।” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहले बताए ।

कृषिमा उच्च प्राथमिकतामा राखेको यस नगरपालिकाले सिंचाई मात्र सहज बनाइदिएको छैन उन्नत बीउ र मलको पनि उचित व्यवस्थापन गर्ने गरेको छ ।

निर्वाचन पश्चात् नै यस क्षेत्रका किसानलाई उन्नत बीउ र मल सहूलियत मूल्यमा उपलब्ध गराउने गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहका अनुसार नगरपालिका स्वयम ग्यारेन्टी बसेर यस क्षेत्रका किसानलाई मुल बिउ र आवश्यक उन्नत बीउ सामान्य दरमा उपलब्ध गराउने गरेको छ । जसका कारण यहाँका किसानले कृषिबाट मनग्ये आम्दानी गर्ने गरेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १ : ५२ बजे

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

बरहथवा– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा

ओझेलमा चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी– चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै

पेस्तोल देखाएर ८० लाख लुटपाट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८०

हिरासत छलेर अस्पतालमा बस्नेलाई रोक्न गृहले जारी गर्‍यो तीन बुँदे मापदण्ड

काठमाडौं- कुनै घटनाको अनुसन्धान र अभियोजनका लागि पक्राउ परेका व्यक्तिहरू

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं– काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्यापटप