यस्तो नगरपालिका जहाँका कृषकले पाउँछन् नि:शुल्क बीउ र पानी « Khabarhub

यस्तो नगरपालिका जहाँका कृषकले पाउँछन् नि:शुल्क बीउ र पानी


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– राज्यको नीति छ कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने तर कृषकलाई सिंचाई, मल र बिउको अभावले सताइरहन्छ ।

देशको अधिकांश क्षेत्रका किसान खेतीका लागि वर्षाको पानीमा निर्भर हुन्छन् कि त विद्युतीय मोटर पम्पको प्रयोग गरी जमिनको पानी तान्ने गर्दछन् ।

विद्युतीय मोटरबाट पानी तान्दा महङ्गो पर्ने गरेको किसानको गुनासो छ । मुलतः तराई मधेश क्षेत्रमा सिंचाई सुविधा अभावको कारण किसानहरु चिन्तित हुने गर्दछन् ।

अन्य क्षेत्रमा परिस्थिति फरक भए पनि रौतहट जिल्लाको मौलापुर नगरपालिकाका किसान भने निस्चिन्त भएर आफ्नो पेसामा रमाउने गर्दछन र मनग्ये उत्पादन गरिरहेका छन् । किनकि यस नगरपालिकाभित्र कृषि मिटरमार्फत विद्युतीय मोटरको प्रयोग गरि सिंचाई गर्ने किसानहरुले मिटर बिल निशुल्क पाउने गरेका छन् ।

“यस नगर क्षेत्रको ७५ प्रतिशतभन्दा बढी भूभागमा खेती हुने गर्दछ र अधिकतम स्थानीय कृषि पेसामा आधारित छन् । स्थानीयका लागि सिंचाईका लागि विकल्पको रुपमा रहेको कृषि मिटर रहेको छ । यसबापत विद्युत प्राधिकरणलाई तिर्नुपर्ने शुल्क नगरपालिकाले बेहोर्ने गरेको छ । यसले किसानलाई सहज बनाइदिएको छ।” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहले बताए ।

कृषिमा उच्च प्राथमिकतामा राखेको यस नगरपालिकाले सिंचाई मात्र सहज बनाइदिएको छैन उन्नत बीउ र मलको पनि उचित व्यवस्थापन गर्ने गरेको छ ।

निर्वाचन पश्चात् नै यस क्षेत्रका किसानलाई उन्नत बीउ र मल सहूलियत मूल्यमा उपलब्ध गराउने गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहका अनुसार नगरपालिका स्वयम ग्यारेन्टी बसेर यस क्षेत्रका किसानलाई मुल बिउ र आवश्यक उन्नत बीउ सामान्य दरमा उपलब्ध गराउने गरेको छ । जसका कारण यहाँका किसानले कृषिबाट मनग्ये आम्दानी गर्ने गरेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १ : ५२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका