भोलि नै मर्दैछु भनेर बाँच, सधैभरी बाँच्छु भनेर केही सिक–गान्धी « Khabarhub

भोलि नै मर्दैछु भनेर बाँच, सधैभरी बाँच्छु भनेर केही सिक–गान्धी


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

महात्मा गान्धी भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख नेता हुन् ।

यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ ।

अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ ।

उनी सत्याग्रह का अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ । उनका जीवन उपयोगी भनाइहरु समेत चर्चित रहेका छन् । हामीले यहाँ गान्धीका केही महत्वपूर्ण भनाइहरु प्रस्तुत गरेका छौं–

१. जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुँदैन ।

२. स्वतन्त्रतता राष्ट्रको अनन्त यौवन हो ।

३. पुस्तक र मोतीमा यति फरक छ कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।

४. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमादान गर्नु वलिष्ठ व्यक्तिको गुण हो ।

५. पहिला तिनीहरुले वेवास्ता गर्नेछन्, त्यसपछि तिमी उपर हास्नेछन्, त्यसपछि लड्नेछन् र अन्तमा तिमीले जित्ने छौं ।

६. तिमीले संसारलाई जस्तो परिवर्तित रुपमा देख्न चाहन्छौ, पहिला तिमी स्वयमं परिवर्तन हुनुपर्नेछ ।

७. यसरी बाच कि तिमी भोलि नै मर्दैछौ । तर यसरी सिक कि तिमी सधैभरी बाच्दैछौ ।

८. मानिस आफ्नो सोचाइको उत्पादन हो, व्यक्ति त्यही बन्छ जे उ सोच्छ ।

९. यदि तिमी अल्पमतमै छौ भने पनि सत्य भनेको सत्य नै हुन्छ ।

१०. आफूलाई चिन्नका लागि सबैभन्दा उत्तम उपाय अरुको सेवामा आफूलाई समर्पित गर्नु हो ।

११. तैले मेरो आँखा फोडिस् म तेरो फोड्छु भनेर आँखाको बदला आँखा गर्ने हो भने संसार पूरै अध्यारो हुन्छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  २ : ४३ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको