वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २० करोडको बचत पत्र जारी « Khabarhub

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २० करोडको बचत पत्र जारी


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले रोजगारीका लागि विदेशमा रहेका नेपाली श्रमिकलाई लक्षित गदै २० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र २०८१ जारी गर्ने भएको छ ।

पुस १ गतेदेखि २१ गतेसम्म खुला हुने बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले आवेदन भर्न पाउने छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई मध्यनजर गर्दै बैंकले विगतमा पनि रोजगार बचतपत्र जारी गदै आएको थियो । तर, रोजगार बचतपत्रमा विदेशीमा रहेका नेपाली उत्साहजनक सहभागी नभएको बैंकले बताउँदै आएको छ ।

वैदेशिक रोजगारीमा गएर ४ महिना विदेशीमा बसेर फर्किएका श्रमिकले पनि बचत पत्र किन्न पाउँछन् । यस्तै विदेशमा रहेका श्रमिकका परिवारका सदस्यहरु बुव, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सकिने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगार बचतपत्र किन्ने व्यक्तिले १० प्रतिशत ब्याजदरसँगै हरेक ६ महिनामा भुक्तानी र ५ वर्षभित्र सावाँ पनि फिर्ता पाउने बैंकको सूचनामा भनिएको छ । बचतपत्र किन्ने व्यक्तिले उक्त बचत पत्र बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने सुविधा पनि केन्द्रीय बैंकले दिएको छ ।

बचतपत्रका लागि काठमाडौं उपत्यका भित्र प्रभु बैंक अनामनगर, नबिल बैंक तीनधारा दरबारमार्ग, सिटिजन्स बैंक कमलादी, माछापुच्छ्रे  बैंक लाजिम्पाट, सनराइज बैंक गैह्रीधारा, सिद्धार्थ बैंक हात्तीसार, सानिमा बैंक नक्साल, सेञ्चुरी बैंक पुतलीसडक, प्रभु मनि ट्रान्सफर लैनचौर र सेवा रेमिट कुलेश्वरमा आवेदनका लागि छुटाइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ४ : ४५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह