वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २० करोडको बचत पत्र जारी | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २० करोडको बचत पत्र जारी


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले रोजगारीका लागि विदेशमा रहेका नेपाली श्रमिकलाई लक्षित गदै २० करोड रुपैयाँको वैदेशिक रोजगार बचत पत्र २०८१ जारी गर्ने भएको छ ।

पुस १ गतेदेखि २१ गतेसम्म खुला हुने बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले आवेदन भर्न पाउने छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई मध्यनजर गर्दै बैंकले विगतमा पनि रोजगार बचतपत्र जारी गदै आएको थियो । तर, रोजगार बचतपत्रमा विदेशीमा रहेका नेपाली उत्साहजनक सहभागी नभएको बैंकले बताउँदै आएको छ ।

वैदेशिक रोजगारीमा गएर ४ महिना विदेशीमा बसेर फर्किएका श्रमिकले पनि बचत पत्र किन्न पाउँछन् । यस्तै विदेशमा रहेका श्रमिकका परिवारका सदस्यहरु बुव, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सकिने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगार बचतपत्र किन्ने व्यक्तिले १० प्रतिशत ब्याजदरसँगै हरेक ६ महिनामा भुक्तानी र ५ वर्षभित्र सावाँ पनि फिर्ता पाउने बैंकको सूचनामा भनिएको छ । बचतपत्र किन्ने व्यक्तिले उक्त बचत पत्र बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने सुविधा पनि केन्द्रीय बैंकले दिएको छ ।

बचतपत्रका लागि काठमाडौं उपत्यका भित्र प्रभु बैंक अनामनगर, नबिल बैंक तीनधारा दरबारमार्ग, सिटिजन्स बैंक कमलादी, माछापुच्छ्रे  बैंक लाजिम्पाट, सनराइज बैंक गैह्रीधारा, सिद्धार्थ बैंक हात्तीसार, सानिमा बैंक नक्साल, सेञ्चुरी बैंक पुतलीसडक, प्रभु मनि ट्रान्सफर लैनचौर र सेवा रेमिट कुलेश्वरमा आवेदनका लागि छुटाइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ४ : ४५ बजे

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार