५८ हजार नगदसहित ११ जुवाडे पक्राउ | Khabarhub Khabarhub

५८ हजार नगदसहित ११ जुवाडे पक्राउ


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– प्रहरीले दाङमा ५८ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं. ६ स्थित कमल घर्तीमगरले संचालन गरेको एलेक्सी जोन पुलहाउसबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालीका वडा नं. ८ बस्ने बर्ष ३५ को टेक बहादुर घर्ती, वडा नम्बर ५ का ३० को कमल घर्ती, २४ वर्षीया गोकर्ण बुढाथोकी, वडा नम्बर ६ का २४ वर्षीय अजय बस्नेत, वडा नम्बर १८ का २७ वर्षीय लक्ष्मण गिरी रेहका छन् ।

त्यसैगरी तुलसीपुर उपमहानगर वडा नम्बर ५ बस्ने २६ वर्षीय शिबकुमार वली, २८ वर्षीय सिद्धान्त गुरुङ्ग, २८ वर्षीय रुपेशकुमार गुप्ता, २९ वर्षीय सन्दिप सेर्पाईली, वडा नम्बर ९ बस्ने २८ वर्षीय राजेश कुमार बोहरा र अर्घाखाची सन्दिखर्क नगरपालिका वडा नं।१ घर भई हाल तुलसीपुर–५ बस्ने बर्ष २९ को रन्जित श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : ४७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र