निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडो सम्पन्न गर्न माग « Khabarhub

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडो सम्पन्न गर्न माग


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  बाराको निजगढमा निर्माणका लागि प्रस्ताव गरिएको अन्तरराष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सम्पन्न गर्न सरोकारवालाले माग गरेका छन् ।

उनीहरुले उक्त विमानस्थल सम्पन्न हुनसके विश्वका विभिन्न मुलुकबाट आउने पर्यटक वृद्धि हुनुका साथै देशको आर्थिक विकासमा सघाउ पुग्ने बताए ।

द्रुतमार्ग, विमानस्थल निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले निजगढ अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न भएपछि देशको आर्थिक गतिविधि तीव्र हुने भएकाले कुनै पनि निहुँ निकाली निर्माण कार्य ढिलाइ गर्न नहुनेमा जोड दिए ।

दुईदशकअघि नै बारामा एउटा अन्तरराष्ट्रिय विमानस्थलको आवश्यकता महसुस गरी सरकारले अध्ययन थालेको बताउँदै पहिल्यै बन्नुपर्ने विमानस्थल दशकौँ बितिसक्दा पनि बन्न नसकेको उनीहरुको भनाइ थियो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले त्रिभुवन विमानस्थलपछि निजगढ विमानस्थल अन्तरराष्ट्रियरुपमा सम्पर्क बढाउन दोस्रो भरपर्दो विमानस्थल हुने उल्लेख गर्दै त्यसका लागि दुई हजार हेक्टर बन क्षेत्रका रुख कटान गरिनुपर्ने आवश्यकता रहेको तथा जङ्गल क्षेत्रको दक्षिणपट्टीको ५५ किलोमिटर क्षेत्रमा तारबार बाँधिएको बताए ।

उनले उक्त विमानस्थल निर्माणका लागि विवाद खडा गर्नु आवश्यक नभएको प्रष्ट पार्दै सरकारले पनि विमानस्थल निर्माण गर्ने कार्य अघि बढाउने तथा लगानीकर्ताको खोजी कार्य शुरु भएको बताए ।

नेपाल सरकारका पूर्वसचिव एवं पूर्वाधारविद् वीरेन्द्रबहादुर देउजाले १८ वर्षअघि नै उक्त विमानस्थलका लागि सर्भे गरिएको जानकारी दिँदै नेपालको आर्थिक उन्नति तथा दीर्घकालीन हितसँग जोडिएकाले सो विमानस्थल निर्माणका लागि सबै सरोकारवाला पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए ।

इञ्जिनीयर ओम शर्माले तयार पारेको अवधारणापत्रमा उक्त विमानस्थल निर्माण गर्दा पनि ७० प्रतिशत रुख सुरक्षित हुने तथा १० हजार रुख काट्नुपर्ने अवस्थामा रहेका उल्लेख भएको सो पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १० : ३० बजे

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय

बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार

गलकोट– यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना