प्रधानमन्त्रीले सेना परिचालनको सिफारिस गर्न सक्ने, महँगोमा गोलीगठ्ठा प्लान्ट किन्ने तयारी « Khabarhub

प्रधानमन्त्रीले सेना परिचालनको सिफारिस गर्न सक्ने, महँगोमा गोलीगठ्ठा प्लान्ट किन्ने तयारी


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विधेयक संसद्मा पुगेको छ। असहज अवस्थामा तत्काल बैठक बस्न सम्भव नभए प्रधानमन्त्रीले सोझै राष्ट्रपतिसमक्ष सेना परिचालनको सिफारिस गर्न सक्ने व्यवस्था विधयेकमा छ। राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी प्रस्तावित विधेयकमा प्रधानमन्त्री एवं परिषद्को अध्यक्षलाई त्यस्तो अधिकार प्रत्यायोजन गरिएको हो।

‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राष्ट्रिय संकट उत्पन भए वा तत्काल सेना परिचालन नगरे त्यस्तो संकट आउने देखिए र तत्काल सुरक्षा परिषद्को बैठक सम्भव नभए अध्यक्षले सेना परिचालनको सिफारिस गर्न सक्ने उल्लेख छ। प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सिफारिस गरेलगत्तै कार्यावन्यनमा आउनेछ। अध्यक्ष (प्रधानमन्त्री)ले प्रतिनिधिसभामा पेस गर्नुअघि परिषद्को बैठक बोलाई सिफारिस अनुमोदन गराउनु पर्ने हुन्छ। विधेयक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदमा पेस गरेको अन्नपूर्ण पोस्टमा खबर छ।

महँगोमा गोलीगठ्ठा प्लान्ट किन्ने तयारी शीर्षकको समाचारमा सरकारले नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) महँगोमा किन्ने भएको छ। यसअघि महँगो भएको भन्दै वर्तमान सरकारले नै यसको प्रक्रिया रोकेको थियो। तर फेरि त्यही मूल्यमा किन्न लागिएको छ। यस विषयमा लामो समयदेखि बिचौलियाको चासो रहँदै आएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले चार अर्ब रुपयाँमा प्लान्ट किन्ने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी ओलीले मूल्यभन्दा करिब डेढ अर्ब महँगोमा किन्न रोक्न निर्देशन दिएका थिए।

बीचमा अचानक रहस्यमय ढंगले प्रधानमन्त्रीको निर्देशन उल्लंघन गर्दै प्रक्रिया सुरु गरिएको छ। रक्षा मन्त्रालयले एलसी खोल्न दुई महिनाअघि अनुमति दियो। राष्ट्र बैंकले त्यसको फाइल रोक्यो। गभर्नर चिरञ्जीवी नेपालको सक्रियतामा राष्ट्र बैंकले गत साता एलसी खोल्ने प्रक्रिया थालेको छ। यसमा केही मन्त्रीको समेत जोडबल रहेको स्रोतले जनायो।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मार्ने धम्की आयो भनेर दिएको अभिव्यक्तिलाई पनि पत्रिकाले प्राथमिकतामा छापेको छ । दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन्।

‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवले म (प्रचण्ड) लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे। टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सूचना दिइयो,’ दाहालले भने, ‘के भएको होला साथीहरूलाई ? मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो र ? ’

योङ कम्युनिस्ट लिगले आयोजना गरेको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै दाहालले आफूलाई मार्ने योजना बनाएकामा ‘विप्लव’ प्रति दया लागेको बताए।

विप्लव समूहले नक्कल मात्र गरेर हिँड्न खोजिरहेको उनको भनाइ थियो। दाहालले भने, ‘साथीहरूले मेरै स्कुलको मात्र नक्कल गरेको देखिरहेको छु। साथीहरू नयाँ बाटो खोज्नुस्। प्रचण्डकै नक्कल गरेर प्रचण्ड बन्छु भन्ने सोच्नुभयो भने त्यो भ्रम हो। भ्रमले परिणाम दुर्भाग्यपूर्ण आउँछ।’

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ७ : ३१ बजे

ट्रम्पको जिकिर- ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ 

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय सुरक्षाका

हिमालयन रिम फिल्म प्रदर्शनीले चीन-नेपालबीच युवा संवाद प्रवर्द्धन

काठमाडौं- हिमालयन रिम फिल्म प्रदर्शनीअन्तर्गत काठमाडौं विश्वविद्यालयमा आयोजना गरिएको कार्यक्रम

मदुरोमाथि ट्रम्पको दबाब

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट

महिला टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक : नेपालको समूहमा कुन देश ?

काठमाडौं – सन् २०२६ जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी–२०

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा विजयराज न्यौपाने

काठमाडौं– लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मर्स्याङ्दी