गैसस महासंघ काठमाडौंको अध्यक्षमा डंगोल चयन « Khabarhub

गैसस महासंघ काठमाडौंको अध्यक्षमा डंगोल चयन


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- गैरसरकारी संस्था महासंघ नेपाल, काठमाडौ शाखाको अध्यक्षमा प्रदीप डंगोल चयन भएका छन् । महासंघको नवौं अधिवेशनले डंगोललाई सर्वसम्बत निर्वाचित गरेको हो ।

त्यस्तै समितिको उपाध्यक्षमा रत्न उप्रेती तथा सचिवमा राम भट्टराई चयन भएका छन् । बिहीबार सम्पन्न संस्थाको अधिवेशनले समितिको सहसचिवमा धनप्रसाद आचार्य, कोषाध्यक्षमा पम्फा परियारलाई चयन गरेको छ । सदस्यहरुमा चिरञ्जीवी अधिकारी, अन्जु बराल बिश्वकर्मा, बालकुमारी दर्लामी, तारा भण्डारी, दिनेश खतिवडा, निर्मल उप्रेती र पूर्वअध्यक्ष रञ्जु नापित चयन भएका छन् ।

नयाँ जिम्मेवारीलाई नतिजामुखी बनाएर काम गर्ने नवनिर्वाचित अध्यक्ष डंगोलले बताएका छन् । महासंघको काठमाडौं शाखाले सामाजिक संस्थाको सुदृढिकरण गर्दै अघि बढने योजना बनाएको नवनिर्वाचित सचिव राम भट्टराईले जानकारी दिए । खबरहबसँग कुरा गर्दै भट्टराईले नयाँ कार्यसमितिले संस्थालाई सुदृढ र मजबुद बनाउनुका साथै देशलाई समृद्ध बनाउन नागरिक समाजको तर्फबाट खेल्नुपर्ने भूमिकालाई शसक्त बनाउने बताए ।

उनले नयाँ कार्यसमितिमार्फत संस्थागत विकाससँगै संविधान कार्यान्वयनका लागि नागरिकसमाजका तर्फबाट पहल गर्ने, स्थानीय तह, प्रदेशसभा तथा केन्द्रमा चाहिने कानुन निर्माणका लागि सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ८ : ०४ बजे

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को