गैसस महासंघ काठमाडौंको अध्यक्षमा डंगोल चयन | Khabarhub Khabarhub

गैसस महासंघ काठमाडौंको अध्यक्षमा डंगोल चयन


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- गैरसरकारी संस्था महासंघ नेपाल, काठमाडौ शाखाको अध्यक्षमा प्रदीप डंगोल चयन भएका छन् । महासंघको नवौं अधिवेशनले डंगोललाई सर्वसम्बत निर्वाचित गरेको हो ।

त्यस्तै समितिको उपाध्यक्षमा रत्न उप्रेती तथा सचिवमा राम भट्टराई चयन भएका छन् । बिहीबार सम्पन्न संस्थाको अधिवेशनले समितिको सहसचिवमा धनप्रसाद आचार्य, कोषाध्यक्षमा पम्फा परियारलाई चयन गरेको छ । सदस्यहरुमा चिरञ्जीवी अधिकारी, अन्जु बराल बिश्वकर्मा, बालकुमारी दर्लामी, तारा भण्डारी, दिनेश खतिवडा, निर्मल उप्रेती र पूर्वअध्यक्ष रञ्जु नापित चयन भएका छन् ।

नयाँ जिम्मेवारीलाई नतिजामुखी बनाएर काम गर्ने नवनिर्वाचित अध्यक्ष डंगोलले बताएका छन् । महासंघको काठमाडौं शाखाले सामाजिक संस्थाको सुदृढिकरण गर्दै अघि बढने योजना बनाएको नवनिर्वाचित सचिव राम भट्टराईले जानकारी दिए । खबरहबसँग कुरा गर्दै भट्टराईले नयाँ कार्यसमितिले संस्थालाई सुदृढ र मजबुद बनाउनुका साथै देशलाई समृद्ध बनाउन नागरिक समाजको तर्फबाट खेल्नुपर्ने भूमिकालाई शसक्त बनाउने बताए ।

उनले नयाँ कार्यसमितिमार्फत संस्थागत विकाससँगै संविधान कार्यान्वयनका लागि नागरिकसमाजका तर्फबाट पहल गर्ने, स्थानीय तह, प्रदेशसभा तथा केन्द्रमा चाहिने कानुन निर्माणका लागि सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ८ : ०४ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना