बीमा कम्पनीले कृषि, पर्यटन र जलस्रोतमा २० प्रतिशत लागनी गर्न पाउने « Khabarhub

बीमा कम्पनीले कृषि, पर्यटन र जलस्रोतमा २० प्रतिशत लागनी गर्न पाउने


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय बीमा समितिले बिमकको लगानी सम्बन्धी निदेशिका २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन र अन्य क्षेत्रमा पनि लगानी गर्न पाउने नयाँ व्यवस्था ल्याएको छ । नयाँ व्यवस्थाअनुसार व्यवसाय, जलस्रोत, कृषि, पर्यटनमा बीमा कम्पनीले २० प्रतिशत लागनी गर्न पाउने भएका छन् । उक्त निर्देशिकमा सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको हो ।

नयाँ निर्देशिकाले बीमा कम्पनीको ‘कुल टेक्निकल रिजर्भ’को ५ प्रतिशतसम्म घरजग्गासँगै व्यवसायमा लगानी गर्ने व्यवस्था पनि गरिएको छ । पछिल्लो समय बीमा कम्पनीले सरकारललाई कानुन नै बनाएर लगानीका क्षेत्रहरू पनि विस्तार गर्नुपर्ने माग गर्दै आएका थिए । बुधबार समितिले लगानी निर्देशिका नै जारी गरेपछि लगानीका बाटो खुलेको हो ।

हालै जारी गरिएको निर्देशिकमा समितिले जीवन, निर्जीवन तथा पुन: बीमाकम्पनीहरूले लगानी गर्ने क्षेत्रहरू तोकेको बीमा समितिमा निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् ।

उनले भने-‘बीमा समितिले कम्पनीहरूले लगानी गर्ने पाउने बाटो खुलाई दिएको छ । यसरी लागनी गर्न कम्पनीले अनिवार्य रूपमा बीमा समितिदेखि अनुमति लिनुपर्ने पर्छ । घरजग्गा लगानी गर्ने कम्पनीले कम्तीमा प्रत्येक तीन वर्षमा एकपटक र घरजग्गाको बाहेक अन्य क्षेत्रमा गरेको लगानीलाई प्रत्येक दिन मूल्यांकन बुझाउनुपर्छ । ‘

यस्तै बीमा कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४० प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । लगानी निदेशिका अनुसार वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल टेक्निकल रिजर्भको ४० प्रतिशतसम्म लगानी सक्ने व्यवस्था गरिएको छ । बीमा कम्पनीहरूले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल सरकारबाट मान्यताप्राप्त बचतपत्र वा ऋणपत्रमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने पाँउछन् । पब्लिक कम्पनीको आइपिओ १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था पनि गरिएको समितिले जानकारी दिएको छ ।

बीमा कम्पनीहरूले पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । समितिले जारी गरेको लगानी निर्देशिकाअनुसार सेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुने गरी लगानी गर्न भने पाइने छैन । साथै यस्तो लगानी गरिने कम्पनी पब्लिक कम्पनी हुनुपर्नेछ । कम्पनीहरूले लगानी गर्नुपूर्व समितिसँग स्वीकृति लिनुपर्नेछ

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १० : २६ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट