कुनैपनि राजमार्गले नछोएको रोल्पालाई मदन भण्डारी लोकमार्गले छुने « Khabarhub

कुनैपनि राजमार्गले नछोएको रोल्पालाई मदन भण्डारी लोकमार्गले छुने


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उक्त राजमार्ग रोल्पालाई समेत जोड्ने गरी निर्माण गर्न सहमत भएको हो ।

सरकारले गत जेठमा एक हजार २०० किलोमिटर लामो उक्त लोकमार्ग घोषणा गर्दा प्यूठान, दाङ, सुर्खेत हुँदै जाने बताएको थियो । लोकमार्गको संशोधित डिजाइनअुनसार अब गुल्मी, प्यूठान, रोल्पाको खुङ्ग्री घोडागाउँ माडीचौर हुँदै सल्यानको दामाचौर जोडिने भएको छ । मध्यपहाडी लोकमार्ग र पूर्व पश्चिम राजमार्गले नछुने रोल्पालाई पछिल्लोपटक डिजाइन गरिएको मदन भण्डारी लोकमार्गले समेत नछुने भएपछि जनस्तरबाट आलोचना भएको थियो ।

रोल्पा घर भएका उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त सडकले रोल्पालाई नछुने गरी डिजाइन गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएका थिए । बुधबार उपराष्ट्रपति पुनलाई भेट्न बहादुर भवन पुग्नुभएका मन्त्री महासेठले उक्त लोकमार्गको पछिल्लो डिजाइनबारे जानकारी गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

उक्त लोकमार्गको गुल्मी पश्चिमका जिल्लाको डिपीआर बनेको छैन । सो लोकमार्गलाई राप्तीको मध्यभागबाट जोड्नका लागि उपराष्ट्रपति पुन, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सल्यानका सांसद टेकबहादुर बस्नेत, कर्णाली प्रदेश मन्त्री प्रकाश ज्वालाले समेत पहल गर्दै आएका थिए ।

झापाको शान्तिनगरबाट शुरु हुने लोकमार्ग सुनसरी धरान, चतरा, उदयपुरको गाईघाट कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी, तम्घास, सिमलटारी, प्यूठानको वाग्दुला, देवीस्थान, दाङको घोराही तुल्सीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर डोटीेका सीमचौर, विपीनगर, कैलालीको सहजपुर, डडेल्धुराको बुडर जोगबुढा हँुदै रुपालसम्म जोड्ने भनिएको थियो । पछिल्लो संशोधन अनुसार अब प्यूठानबाट दाङतर्फ नआई रोल्पा सल्यान हँुदै सुर्खेत जोडिने भएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १२ : २५ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण