‘ए मेरो हजुर ३’ को गीत: अनमोल र सुहानाका जोडी कति सुहायो ? « Khabarhub

‘ए मेरो हजुर ३’ को गीत: अनमोल र सुहानाका जोडी कति सुहायो ?


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युबमा च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘जिन्दगी नै भन्दिन’ बोलको गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर छ भने एक नारायण भण्डारीका शब्द छन् । यस्तै गीतमा आकाश अविरलको संगीत र एचबीएन किस्मतको संगीतको मिक्सिङ छ ।

गीतको भिडियोमा युवापुस्तामाझ लोकप्रिय कलाकार अनमोल केसी र निर्देशक थापाकी छोरी सुहाना थापाको जोडी देख्न सकिन्छ ।

भिडियोमा अनमोल र सुहानाको जोडी सुहाएको देखिन्छ । यो फिल्म सुहानाका लागि डेब्यु फिल्म हो । फ्यानले गीत रिलिज हुनासाथ अनमोल र सुहानाको जोडी सुहाएको प्रतिक्रिया दिएका छन् ।

सुनील कुमार थापाले निर्माण गरेको यो फिल्म नयाँ वर्षको मौका पारेर चैत्र २९ गते रिलिज हुँदैछ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  २ : १७ बजे

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल