क्रिष्टचर्च आक्रमण मारिनेको सङ्ख्या ४९ पुग्यो | Khabarhub Khabarhub

क्रिष्टचर्च आक्रमण मारिनेको सङ्ख्या ४९ पुग्यो


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूजिल्याण्ड– न्यूजिल्याण्डको क्रिस्टचर्च शहरमा रहेका दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ । शुरुमा किवी प्रधानमन्त्री जसिण्डा अर्डेनले गोलीकाण्डमा ४० जनाको ज्यान गएको पुष्टि गरेपनि पछि प्रहरीले मृतकको सङ्ख्या ४९ पुगेको जनाएको हो । आतंकवादी आक्रमणको संज्ञा दिइएको घटनामा अरु दर्जनौँ घाइते भएका छन् ।

शुक्रबारको प्रार्थानाका क्रममा मस्जिदमा भेला भएका मानिसहरुमाथि आक्रमणकारीले अर्धस्वचालित बन्दुकबाट अल नूर मस्जिद तथा शहरकै अर्को लिनउड मस्जिदमा आक्रमण गरेका थिए । दिउँसो १ बजेर ४० मिनेटमा बन्दुकधारी मस्जिदभित्र पसेर जथाभावी गोली चलाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मारिने ४९ जनामध्ये अल नूर मस्जिदमा ४१ जना मारिएको तथा लिनउड मस्जिदमा ८ जना मारिएको बताइएको छ । आक्रमणमा संलग्न रहेको अभियोगमा एकजनाविरुद्ध कारवाही थालिएको जनाइएको छ ।

आक्रमण भएको अल नूर मस्जिदमा न्यूजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु प्रार्थना गर्न आउने कार्यक्रम थियो । बंगलादेशी क्रिकेट खेलाडी चढेको गाडी मस्जिद बाहिर पार्किङ गर्न लाग्दा भित्र गोली चल्न सुरु भएको थियो ।

लगत्तै खेलाडीहरुलाई प्रहरीले सुरक्षित स्थान तर्फ लगेको र यो घटनापछि न्यूजिल्याण्ड र बंगलादेशबीचको तेस्रो टेस्ट स्थगित गरिएको छ ।
प्रहरीले घटनालगत्तै एक महिलासहित ४ संदिग्धलाई नियन्त्रणमा लिएको छ ।

घटनामा कसको संलग्नता छ भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले थप आक्रमण हुनसक्ने आशंकामा मुलुकभरका मस्जिद बन्द गर्न आह्वान गरेको छ । त्यस्तै प्रहरीले मानिसहरुलाई सुरक्षा र सावधानी अपनाउन समेत आह्वान गरेको छ ।

अष्टे«लियन प्रधानमन्त्री स्कट मोरिसनले आक्रमणमा संलग्न बन्दुकधारी अष्ट्रेलियन मूलको रहेको जनाएका छन् । बन्दुकधारी बताइने मानिसले आक्रमण गर्नुपूर्व ट्विटरबाट ८७ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेका थिए ।

घोषणापत्रमा उनले मुसलमानहरुलाई अतिक्रमण गर्न आएका मानिसको संज्ञा दिँदै उनीहरुले गोरा मानिसहरुको नरसंहार गरिरहेको जनाएका छन् । घोषणापत्रमा उनले आफूले गरेको कामको औचित्य सिद्ध गर्ने कोशिश गरेका छन् । बन्दुकधारीले आक्रमणको फेसबुकमार्फत् प्रत्यक्ष प्रशारण समेत गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ५ : ५१ बजे

मानवीय सेवा अवार्ड रेडक्रसकर्मी ढकाललाई

चितवन– मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले रेडक्रसकर्मी कृष्णप्रसाद ढकाललाई

शनिबार मोती गजल मुशायरा हुने

काठमाडौं– आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले

प्रधानमन्त्री प्रचण्ड आजदेखि चीन भ्रमणमा

काठमाडौं– अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारबाट साताव्यापी

दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने

धनगढी– दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने भएको छ। गत

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या 

बैतडी– जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा