क्रिष्टचर्च आक्रमण मारिनेको सङ्ख्या ४९ पुग्यो « Khabarhub

क्रिष्टचर्च आक्रमण मारिनेको सङ्ख्या ४९ पुग्यो


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूजिल्याण्ड– न्यूजिल्याण्डको क्रिस्टचर्च शहरमा रहेका दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ । शुरुमा किवी प्रधानमन्त्री जसिण्डा अर्डेनले गोलीकाण्डमा ४० जनाको ज्यान गएको पुष्टि गरेपनि पछि प्रहरीले मृतकको सङ्ख्या ४९ पुगेको जनाएको हो । आतंकवादी आक्रमणको संज्ञा दिइएको घटनामा अरु दर्जनौँ घाइते भएका छन् ।

शुक्रबारको प्रार्थानाका क्रममा मस्जिदमा भेला भएका मानिसहरुमाथि आक्रमणकारीले अर्धस्वचालित बन्दुकबाट अल नूर मस्जिद तथा शहरकै अर्को लिनउड मस्जिदमा आक्रमण गरेका थिए । दिउँसो १ बजेर ४० मिनेटमा बन्दुकधारी मस्जिदभित्र पसेर जथाभावी गोली चलाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मारिने ४९ जनामध्ये अल नूर मस्जिदमा ४१ जना मारिएको तथा लिनउड मस्जिदमा ८ जना मारिएको बताइएको छ । आक्रमणमा संलग्न रहेको अभियोगमा एकजनाविरुद्ध कारवाही थालिएको जनाइएको छ ।

आक्रमण भएको अल नूर मस्जिदमा न्यूजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु प्रार्थना गर्न आउने कार्यक्रम थियो । बंगलादेशी क्रिकेट खेलाडी चढेको गाडी मस्जिद बाहिर पार्किङ गर्न लाग्दा भित्र गोली चल्न सुरु भएको थियो ।

लगत्तै खेलाडीहरुलाई प्रहरीले सुरक्षित स्थान तर्फ लगेको र यो घटनापछि न्यूजिल्याण्ड र बंगलादेशबीचको तेस्रो टेस्ट स्थगित गरिएको छ ।
प्रहरीले घटनालगत्तै एक महिलासहित ४ संदिग्धलाई नियन्त्रणमा लिएको छ ।

घटनामा कसको संलग्नता छ भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले थप आक्रमण हुनसक्ने आशंकामा मुलुकभरका मस्जिद बन्द गर्न आह्वान गरेको छ । त्यस्तै प्रहरीले मानिसहरुलाई सुरक्षा र सावधानी अपनाउन समेत आह्वान गरेको छ ।

अष्टे«लियन प्रधानमन्त्री स्कट मोरिसनले आक्रमणमा संलग्न बन्दुकधारी अष्ट्रेलियन मूलको रहेको जनाएका छन् । बन्दुकधारी बताइने मानिसले आक्रमण गर्नुपूर्व ट्विटरबाट ८७ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेका थिए ।

घोषणापत्रमा उनले मुसलमानहरुलाई अतिक्रमण गर्न आएका मानिसको संज्ञा दिँदै उनीहरुले गोरा मानिसहरुको नरसंहार गरिरहेको जनाएका छन् । घोषणापत्रमा उनले आफूले गरेको कामको औचित्य सिद्ध गर्ने कोशिश गरेका छन् । बन्दुकधारीले आक्रमणको फेसबुकमार्फत् प्रत्यक्ष प्रशारण समेत गरेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ५ : ५१ बजे

एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश गरिन्

सिरहा- नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ मात्र जवाफ

काठमाडौं–  केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत

एजेन्सी – भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब

दक्षिण अफ्रिकासँग भारत पराजित हुँदा बने यी सात रेकर्ड

नयाँदिल्ली- सन् २०२३ पछि पहिलो पटक आईसीसी इभेन्टमा भारत पराजित

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुर– शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको आपूर्ति घट्दै