हिन्दु राष्ट्रको माग सम्बोधन नभए मुलुकमा ‘महाभारत युद्ध’: कमल थापा « Khabarhub

हिन्दु राष्ट्रको माग सम्बोधन नभए मुलुकमा ‘महाभारत युद्ध’: कमल थापा


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने माग सरकारले तत्काल सम्बोधन नगरे मुलुकमा ‘महाभारत युद्ध’ शुरु हुने चेतावनी दिएका छन् ।

शुक्रबार पार्टीको १५ दिने ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ को काठमाडौंमा समापन गर्दै अध्यक्ष थापाले पाँच पाण्डवको माग पूरा नगर्दा महाभारत युद्ध शुरु भएजस्तै आफ्नो पार्टीको माग सरकारले तत्काल पूरा नगरे मुलुकमा अर्को युद्ध शुरु हुने चेतावनी दिएका हुन् ।

उनले सबै धर्मको सम्मान हुनेगरी ९५ प्रतिशत जनताको आस्थाको धरोहर रहेको हिन्दु राष्ट्र पुनस्र्थापना गर्नुको विकल्प नरहेको तर्क गरे । उनले केन्द्र र स्थानीय सरकार बलियो बनाउने तर प्रदेश सरकार नहुने गरी संघीयता कायम राख्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ७ : ३० बजे

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना

‘डन ३’ मा फर्किए शाहरुख खान

काठमाडौं– बलिउडमा फेरि फिल्म ‘डन ३’ को चर्चा तातिरहेको छ

बोल्दै नबोली हिँडे १० मिनेट घण्टी घरमा बसेका बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका साढे ३ वर्ष नेतृत्व गरेर आइतबार मेयर

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि