एचआइभी सङ्क्रमित आमाको स्वस्थ सन्तान, यसरी भयो सम्भव « Khabarhub

एचआइभी सङ्क्रमित आमाको स्वस्थ सन्तान, यसरी भयो सम्भव


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– “सन्तान पाउने वर्षैको इच्छा पूरा भएको छ, स्वस्थ बच्च जन्माउन पाउँदा म निकै खुशी छु ।” यो खुसी बाँकेकी एक एचआइभी संक्रमित एक महिलाको हो । चिकित्सकको परार्मश र नियमित औषधि सेवनका कारण एचआइभी संक्रमित ती महिलाले स्वस्थ शिशु जन्माइन् ।

सरकारले एचआइभी सङ्क्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम (पीएमटीसीटी) कार्यक्रम लागू गरेपछि स्वस्थ बच्चा जन्माउन थालेका छन् । पहिला-पहिला पीएमटीसीटी कार्यक्रम लागू नहुँदा एचआइची संक्रमित महिलाले जन्माएका शिशूमा पनि एचआइभी पोजेटिभ देखिन्थ्यो । जसका कारण चिकित्सकहरुले एचआइभी संक्रमित महिलालाई सन्तान नजन्माउन सुझाव दिन बाध्य हुन्थें तर
औषधि विज्ञानको नयाँ प्रविधिले फड्को मारेपछि ऊक्त रोगबाट सङ्क्रमित आमाले जन्माउने शिशुलाई पूर्णरुपमा स्वस्थ बनाउने गरेको छ ।

पीएमटीसीटी कार्यक्रम लागू भएपछि एचआइभी सङ्क्रमित आमाहरु स्वस्थ बच्चा जन्माउन थालेका छन् । बाँकेमा गत आर्थिक वर्षदेखि हालसम्मको अवधिमा १७ जना सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएका छन् ।

गत आवमा १२ र चालू आवमा पाँच जना एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएको भेरी अस्पतालले जनाएको छ । “सङ्क्रमित सबै आमाबाट जन्मेका शिशु पहिलो चरणको जाँचमा स्वस्थ देखिएका छन्,” भेरी अस्पतालका फिजिसियन तथा एचआइभीका स्रोत व्यक्ति डा सङ्केत रिसालले बताए, “पहिलो जाँचमा नेगेटिभ देखिएको शिशुमा एचआइभी सङ्क्रमण हुने सम्भावना निकै कम रहन्छ ।” सङ्क्रमित आमाका लागि अस्पतालमा छुट्टै वार्डको व्यवस्था समेत गरिएको उनको भनाइ छ ।

अस्पतालले स्वस्थ्यजाँचका लागि आउने सबै गर्भवती महिलाको अनिवार्य एचआइभी परीक्षण गर्छ । एचआइची परिक्षण गर्दा पोजेटिभ पाइएका आमाको शुरुदेखि अन्तिम चरणसम्म निगरानी गरिन्छ ।

“गर्भवती भएका महिलामा एचआइभी सङ्क्रमण भएको पाएपछि निगरानी शुरु गर्छौं , त्यही अनुसारको उपचार व्यवस्था मिलाउँछौं,” डा रिसालले भने , “सङ्क्रमित भएका केही गर्भवती महिला अझै पनि निगरानीमा छन् । सन्तान नजन्माउँदासम्म निगरानी गरी उपचार गर्छौं ।”

सङ्क्रमित गर्भवती महिलालाई एन्टी रेक्टो भाइरल ट्रिटमेन्ट (एआरटी) औषधि नियमित खुवाइन्छ । त्यसले गर्भवती आमाबाट बच्चामा एचआइभी सार्नबाट रोक्छ । चिकित्सकका अनुसार बच्चा जन्मेपछि प्रोफाइल लेसिस नामक झोल खुवाइन्छ । शिशुको स्वास्थ अवस्था जाँच्न डिएनए पीसीआर गरिन्छ । सङ्क्रमित आमाबाट जन्मेका शिशु १८ महिना पुगेपछि फेरि जाँच गरिन्छ । सङ्क्रमित आमाको दूध चुस्दा एचआइभी सर्ने खतरा हुने भएकाले बच्चाका लागि पनि औषधि प्रयोग गरिँदै आएको छ ।

असुरक्षित यौन सम्पर्कले हुने एचआइभीको सङ्क्रमण गर्भवती आमाबाट सिधै नवजात शिशुमा सर्छ । तर सङ्क्रमित भएको पुष्टि भइसकेका मध्ये निकै कम व्यक्ति उपचारका लागि पुग्ने गरेका कारण जोखिम बढाएको छ । सङ्क्रमित गर्भवती महिला नियमित चिकित्सकको सम्पर्कमा रहनुपर्छ । उनीहरूले चिकित्सकले दिएको सुझाव मानेमा स्वस्थ बच्चा जन्माउन सहज हुन्छ । नियमित औषधि प्रयोग नगर्ने आमाबाट सङ्क्रमित बच्चा जन्मिने खतरा रहने गर्छ । बाँकेमा एचआइभी सङ्क्रमण दर बढ्दो छ । सामाजिक बहिष्करणमा पर्ने त्रासका कारण सङ्क्रमित व्यक्तिहरु लुकेरै बस्न बाध्य भएका छन् ।

अस्पतालका अनुसार हालसम्म एक हजार २ सय एचआइभी सङ्क्रमित अस्पतालको सम्पर्कमा आएका छन् । तीमध्ये ४ सय ४० जनाले नियमित औषधि प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ८ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै