सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ « Khabarhub

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारतबाट सर्लाहीको बयलबासतर्फ हुण्डी कारोबारको रकम लिएर स्कुटरमा आउँदै गरेको सूचनाका आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्कुटर रोकेर जाँच गर्ने क्रममा महोत्तरीको गौशाला नगरपालिका–१२ का ५७ वर्षीय जगन्नाथ महतोलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ज।१० प ८६५२ नम्बरको स्कुटरमा सवार महतोको साथमा रहेको कालो झोलाभित्र लुकाएर राखिएको स्रोत नखुलेको रकम फेला परेको थियो ।झोलाबाट १ हजार रुपैयाँ दरका ३ हजार ५०० थान, ५ सय रुपैयाँ दरका ३ हजार १०८ थान, १ सय रुपैयाँ दरका ७०० थान र ५० रुपैयाँ दरका २०० थान नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

बरामद नोटको कुल मूल्य ५१ लाख ३४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। प्रहरीले महतोको साथबाट रकमसँगै उक्त स्कुटर र एउटा मोबाइल फोनसमेत बरामद गरेको छ ।

प्रहरीका अनुसार महतो भारतबाट हुण्डी कारोबारको रकम लिएर सर्लाहीतर्फ आउँदै गरेको प्रारम्भिक सूचना प्राप्त भएको थियो। पक्राउ परेका महतोमाथि हुण्डी कारोबारसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ८ : ४७ बजे

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको