स्थानीय तहमा जथाभावी खर्च, बन्दाबन्दै भाँचियो ५ करोडको पुल « Khabarhub

स्थानीय तहमा जथाभावी खर्च, बन्दाबन्दै भाँचियो ५ करोडको पुल


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जनप्रतिनिधि चुनिएर आएको पहिलो वर्ष कर्णाली प्रदेशका स्थानीय तहमा चरम आर्थिक अनियमितता भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाललाई बुझाएको प्रतिवेदनमा प्रदेश सरकार र स्थानीय तहमा भएका अनियमितताबारे औल्याइएको कान्तिपुर दैनिकमा खबर छ । प्रतिवेदन अनुसार सर्वेक्षण खर्च, सामाजिक सुरक्षा कार्यक्रम, उपभोत्तःा समितिका काम, अनुदान वितरण, मापदण्डलगायतका शीर्षकमा भएका अनियमितता धेरै छन् ।

बन्दाबन्दै भाँचियो ५ करोडको पुल शीर्षकको अर्को समाचारमा गुल्मीको मुसीकोट नगरपालिका ३ र ७ को सिमाना बडीघाट खोलाको झेदीमा आइतबार बन्दाबन्दै पक्की पुल भाँचिएको छ । यो घटनामा ५ जना घाइते भएका छन् । ५८ मिटर लामो पक्की पुल ढलान गर्ने क्रममा भाँचिएको हो । वाईपी जयबुद्ध निर्माण सेवा काठमाडौंले ठेक्का पाएको पुल समयमै नबन्दा पुनः म्याद थपेर बनाउने काम भइरहेको मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश कार्कीले बताए ।

त्यस्तै विमानले रन वे भुलेपछि दुर्घटना, दुई हेलिकोप्टर र सुरक्षाकर्मीलाई ठक्कर दिएको, कोपाइलटसहित ३ जनाको मृत्यु भएको, सामाजिक सुरक्षा कोष बढाउने सरकारको तयारी प्रधानमन्त्रीले सुनाएको, कांग्रेसमा जागरण अभियान चलाउने तयारी शुरु भएको, लाहुरेले डाँडामा पार्क बनाएको लगाएका खबरलाई पत्रिकाले प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ६ : ४९ बजे

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई