स्थानीय तहमा जथाभावी खर्च, बन्दाबन्दै भाँचियो ५ करोडको पुल « Khabarhub

स्थानीय तहमा जथाभावी खर्च, बन्दाबन्दै भाँचियो ५ करोडको पुल


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जनप्रतिनिधि चुनिएर आएको पहिलो वर्ष कर्णाली प्रदेशका स्थानीय तहमा चरम आर्थिक अनियमितता भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाललाई बुझाएको प्रतिवेदनमा प्रदेश सरकार र स्थानीय तहमा भएका अनियमितताबारे औल्याइएको कान्तिपुर दैनिकमा खबर छ । प्रतिवेदन अनुसार सर्वेक्षण खर्च, सामाजिक सुरक्षा कार्यक्रम, उपभोत्तःा समितिका काम, अनुदान वितरण, मापदण्डलगायतका शीर्षकमा भएका अनियमितता धेरै छन् ।

बन्दाबन्दै भाँचियो ५ करोडको पुल शीर्षकको अर्को समाचारमा गुल्मीको मुसीकोट नगरपालिका ३ र ७ को सिमाना बडीघाट खोलाको झेदीमा आइतबार बन्दाबन्दै पक्की पुल भाँचिएको छ । यो घटनामा ५ जना घाइते भएका छन् । ५८ मिटर लामो पक्की पुल ढलान गर्ने क्रममा भाँचिएको हो । वाईपी जयबुद्ध निर्माण सेवा काठमाडौंले ठेक्का पाएको पुल समयमै नबन्दा पुनः म्याद थपेर बनाउने काम भइरहेको मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश कार्कीले बताए ।

त्यस्तै विमानले रन वे भुलेपछि दुर्घटना, दुई हेलिकोप्टर र सुरक्षाकर्मीलाई ठक्कर दिएको, कोपाइलटसहित ३ जनाको मृत्यु भएको, सामाजिक सुरक्षा कोष बढाउने सरकारको तयारी प्रधानमन्त्रीले सुनाएको, कांग्रेसमा जागरण अभियान चलाउने तयारी शुरु भएको, लाहुरेले डाँडामा पार्क बनाएको लगाएका खबरलाई पत्रिकाले प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ६ : ४९ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४