दिवा खाजा कार्यक्रममा साढे चार करोड अनियमितता « Khabarhub

दिवा खाजा कार्यक्रममा साढे चार करोड अनियमितता


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-देशभरका सामुदायिक विद्यालयमा लागू भएको विद्यालय दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको पाइएको छ । महालेखापरीक्षकको ५६औं वार्षिक प्रतिवेदनअनुसार ४ करोड २८ लाख नियमसम्मत खर्च नभएको देखिएको राजधानी दैनिकमा खबर छ ।

‘रामेछाप, ओखलढुंगा, ललितपुरलगायतका विद्यालयलाई निकासा दिएको ४ करोड २८ लाख रुपैयाँ नियमसम्मत नभएको देखिन्छ । उक्त निकासाबाट भएको खर्च सम्बन्धमा छानबिन गरी यकिन गर्नुपर्ने देखिन्छ,’ महालेखाले भनेको छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार शिक्षा विकास तथा समन्वय इकाइ झापाले निर्देशिकाविपरीत रकम बाँडेको देखिन्छ । लक्षित समूहका विद्यार्थीलाई दिवा खाजाको रकम दिनुपर्नेमा जिल्लाका ३ सय १३ प्राथमिक विद्यालयका १३ हजार ८ सय ६१ विद्यार्थीका लागि २ हजार ७ सय रुपैयाँका दरले ३ करोड ७४ लाख २५ हजार ७ सय रुपैयाँ निकासा दिएको देखिन्छ । निर्देशिकाविपरीत निकासा भएको रकम यकिन गरी असुल गर्नुपर्ने महालेखापरीक्षक प्रतिवेदनको निष्कर्ष छ ।

अब विकास र समृद्धिको यात्रा तीव्र गतिमा शीर्षकको समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको यात्रा तीव्र गतिसाथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले गत वर्षले आत्मविश्वास सुदृढ बनाएको भन्दै साझा राष्ट्रिय आकांक्षा र सम्पन्न गर्नुपर्ने असंख्य कार्यसूचिसहित नयाँ वर्ष २०७६ ले स्वागत गरिरहेको समेत जनाएका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा आइतबार देशवासीका नाममा सम्बोधन गर्दै गत निर्वाचनमा नेपाली जनताले स्थायित्व, शान्ति र विकासको पक्षमा मतदान गरेको चर्चा गरे ।

‘हामीले गएको एक वर्ष शान्ति, विकास र समृद्धिको नीतिगत, कानुनी र संरचनागत जग बसाल्न खर्चियौं । अब, त्यही जगमा उभिएर विकास र समृद्धिको यात्रा तीव्र गतिसाथ अघि बढाउँछौं । हामीले हाम्रा सम्पूर्ण स्रोत, साधन र प्रयास यसैमा खर्चेका छौं,’ उनले भने ।

त्यस्तै पत्रिकाले न्याय क्षेत्रमै विकृति, पूर्वप्रधानन्यायाधीशको नाममा बेरुजु, सबै नेपालीको बैंक खाता बनाउने अभियान शुरु भएको, वन क्षेत्र अतिक्रमणको चपेटामा, सामाजिक सुरक्षा कोषमा अनियमिततालगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : ४३ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा