इंग्लिस प्रिमियर लिग : चेल्सीलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : चेल्सीलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -इंग्लिस प्रिमिर लिगमा चेल्सीविरुद्धको महत्वपूर्ण खेल जित्दै लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग ३ अंकको दुरी लम्ब्याएको छ । लिभरपुलले आइतबार राति भएको खेलमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले खेलको दोस्रो हाफको शुरुवातमा लय गुमाउँदा लिभरपुलका सदियो माने र मोहम्मद सलाहले गोल गरे । खेलको ५१ औं मिनेटमा महत्वपूर्ण गोल गर्दै मानेले लिभरपुललाई खेलमा फर्काएका थिए । १-० पछि परेको चेल्सीले पुनरागमन गर्न नपाउँदै सलाहले खेलको ५३ औं मिनेटमा गोल गर्दै टिमलाई चेल्सीविरुद्ध सहज अवस्थामा पुर्‍याएका थिए । सलाहको गोल नै चेल्सीविरुद्धको जीतमा महत्वपूर्ण रह्यो ।

‘उनी पछिल्ला केही खेलमा आक्रमक रुपमा मैदानमा प्रस्तुत भइरहेका छन,’ चेल्सीविरुद्ध गोल गरेका सलाहबारे बोल्दै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने ।

यस्तै, पराजित टोलीका महत्वपूर्ण खेलाडी इडन हर्जाडले भने, ‘हामीले विश्वका नामी खेलाडीसँग राम्रो खेल्यौं । तर, पनि खेल उनीहरुको पक्षमा गयो । चेल्सी राम्रो टिम हो । त्यसैले हामीले पराजय भोगेपनि उनीहरुलाई दबाबमा राख्न सफल भयौं ।’

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ८ : ४५ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण