क्रिष्टल प्यालेसलाई पराजित गरेको सिटी शीर्ष दोस्रोस्थानमा कायम « Khabarhub

क्रिष्टल प्यालेसलाई पराजित गरेको सिटी शीर्ष दोस्रोस्थानमा कायम


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि सहज जीत हात पारेको छ । क्रिष्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको सिटी शीर्ष स्थानको लिभरपुल भन्दा ३ अंकले पछि छ ।

सिटीका लागि क्रिष्टल प्यालेसविरुद्ध रहिम स्ट्रलिङले दुई गोल गरे भने गाव्रिएल जिससले एक गोल गरे । स्ट्रलिङले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए भने ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि पनि दोस्रो गोल गर्दै २-० अग्रता दिलाए ।

स्ट्रलिङले दुई गोल गरेपछि २-० गोलले पछि परेको क्रिष्टल प्यालेसका लागि लुका मिलिभोजुकले खेलको ८० औं मिनेटमा गोल गर्दै सिटीविरुद्ध पहिलो गोल फर्काएका थिए । तर, खेलको अन्तिम मिनेटमा जिससले गोल गर्दै सिटीलाई ३-१ को जीत दिलाए ।

क्रिष्टल प्यालेसलाई पराजित गरेको सिटीले ३३ खेलमा ८३ अंक बनाएको छ भने शीर्ष स्थानको लिभरपुलसँग ३ अंकको स्पष्ट दुरी छ । शीर्ष स्थानको लिभरपुलले चेल्सीलाई पराजित गर्दै सिटीसँगको दुरी बढाएको हो । पराजित क्रिष्टल प्यालेसको ३४ खेलमा ३९ अंक छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ६ : ४९ बजे

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर