सरकारले जनअधिकारमाथि प्रहार गरिरहेको छ : प्रचण्ड « Khabarhub

सरकारले जनअधिकारमाथि प्रहार गरिरहेको छ : प्रचण्ड


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले विगतका आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि तथा जनताका अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् ।

नेकपा उपत्यका प्रदेश समितिले शनिबार काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले नयाँ बनेको भनिएको सरकारले समावेशिता र प्रतिनिधित्वका अधिकार कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।

उनले मजदुर, सुकुम्बासी, कर्मचारी, विद्यार्थी र शिक्षकदेखि सुरक्षा निकाय तथा न्यायपालिकासम्म अन्योल, त्रास र दबाबको वातावरण देखिएको बताए।

तत्कालीन परिस्थितिलाई मात्र हेरेर नभई दीर्घकालीन दृष्टिकोणसहित देशभित्र संयुक्त मोर्चा निर्माण र देशभक्त शक्तिबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

नेपालमा वामपन्थी जनमत ठूलो भए पनि त्यसलाई एकताबद्ध नगरेसम्म समाजवादको ढोका खोल्न नसकिने प्रचण्डले उल्लेख गरे।

अघिल्लो कम्युनिस्ट एकता जोगाउन नसकिए पनि साना–ठूला कम्युनिस्ट घटकलाई एकताबद्ध गर्ने प्रयास जारी रहेको उनले बताए। सकारात्मक र रचनात्मक संवादमार्फत अन्य पक्षलाई समेत एकता र ध्रुवीकरणको प्रक्रियामा सहभागी गराउने प्रयास भइरहेको उनको भनाइ थियो ।

विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै एकताको झन्डामुनि केन्द्रित हुने दिशामा सहकार्य र संवाद भइरहेको पनि प्रचण्डले जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ५ : ५३ बजे

विश्वकप क्वालिफायर प्लेअफका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष विश्वकप क्वालिफायर

सरकारले जनअधिकारमाथि प्रहार गरिरहेको छ : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

हनुमानढोकामा श्वेतकाली अजिमाको देवी नाच प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ-काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित नासल चोक डबलीमा शनिबार १२ वर्षे

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

काठमाडौँ – सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी