क्रिष्टल प्यालेसलाई पराजित गरेको सिटी शीर्ष दोस्रोस्थानमा कायम « Khabarhub

क्रिष्टल प्यालेसलाई पराजित गरेको सिटी शीर्ष दोस्रोस्थानमा कायम


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि सहज जीत हात पारेको छ । क्रिष्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको सिटी शीर्ष स्थानको लिभरपुल भन्दा ३ अंकले पछि छ ।

सिटीका लागि क्रिष्टल प्यालेसविरुद्ध रहिम स्ट्रलिङले दुई गोल गरे भने गाव्रिएल जिससले एक गोल गरे । स्ट्रलिङले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए भने ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि पनि दोस्रो गोल गर्दै २-० अग्रता दिलाए ।

स्ट्रलिङले दुई गोल गरेपछि २-० गोलले पछि परेको क्रिष्टल प्यालेसका लागि लुका मिलिभोजुकले खेलको ८० औं मिनेटमा गोल गर्दै सिटीविरुद्ध पहिलो गोल फर्काएका थिए । तर, खेलको अन्तिम मिनेटमा जिससले गोल गर्दै सिटीलाई ३-१ को जीत दिलाए ।

क्रिष्टल प्यालेसलाई पराजित गरेको सिटीले ३३ खेलमा ८३ अंक बनाएको छ भने शीर्ष स्थानको लिभरपुलसँग ३ अंकको स्पष्ट दुरी छ । शीर्ष स्थानको लिभरपुलले चेल्सीलाई पराजित गर्दै सिटीसँगको दुरी बढाएको हो । पराजित क्रिष्टल प्यालेसको ३४ खेलमा ३९ अंक छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ६ : ४९ बजे

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी

अल्जेरियाविरुद्ध अर्जेन्टिना २-० ले अघि, दोस्रो गोलसँगै मेसी कीर्तिमानको नजिक

काठमाडौँ — कप्तान लियोनेल मेसीको व्यक्तिगत दोस्रो गोलको मद्दतले विश्वविजेता