हैदरावादलाई पराजित गरेको दिल्ली शीर्ष दोस्रो स्थानमा उक्लियो « Khabarhub

हैदरावादलाई पराजित गरेको दिल्ली शीर्ष दोस्रो स्थानमा उक्लियो


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) का ८ खेलमा ५ खेल जित्दै दिल्ली क्यापिटल्स शीर्ष दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो ।

टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । दिल्लीले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा सबै विकेट गुमाएर १ सय १६ मा समेटियो । हैदरावादविरुद्ध दिल्लीका बलर कागिसो रबाडाले उत्कृष्ट बलिङ गरे । उनले हैदरावादका महत्वपूर्ण ४ विकेट लिए ।

हैदरावादका लागि ओपनिङ ब्याट्सम्यान डेभिड वार्नर र जोन व्रिस्टोले राम्रो ब्याटिङ गरेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा पराजित भयो । वार्नरले ५१ रन बनाए भने व्रिस्टोले ४१ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।

हैदरावादविरुद्ध दिल्लीका कागिसो रबाडा र किम पाउल र क्रिस मोरिसले राम्रो बलिङ गरे । रबाडाले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर ४ विकेट लिए भने मोरिस र पाउलले समान तीन—तीन विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रयस अयरले ४५ रन बनाए भने कोलिन मुन्रोले ४० रन बनाएका थिए ।
दिल्लीविरुद्ध हैदरावादका खलिल अहमदले ३ विकेट लिए । यस्तै, भुवनेश्वर कुमारले २ विकेट लिँदा अभिषेक शर्मा र राशिद खानले समान एक—एक विकेट लिएका थिए ।

जीतसँगै दिल्ली १० अंकसहित अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा ७ खेलमा जीत हात पारेको चेन्नईको १४ अंक छ । पराजित हैदरावाद छैठौं स्थानमा पुगेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : १८ बजे

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ– मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी