सोलुखुम्बु पुग्दा एडमण्ड हिलारी बस्ने कोठामा बसेका थिए राजाराम « Khabarhub

सोलुखुम्बु पुग्दा एडमण्ड हिलारी बस्ने कोठामा बसेका थिए राजाराम


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार राजाराम पौडेल पछिल्लो समय व्यस्त छन् फिल्ममा । उनी अभिनित फिल्म ‘यात्रा’ यतिबेला सिनेमा घरमा रिलिज भइरहेको छ । फिल्मको छायांकन सोलुखुम्बुका विभिन्न भेगमा समेत गरिएको थियो ।

पौडेलले ‘यात्रा’ छायांकनका बेला सोलुखुम्बु जाँदा आफूले ऐतिहासिक क्षण भोगेको बताए । उनलाई सोलुखुम्बुमा बस्दा आफू प्रथम विदेशी सगरमाथा आरोही सर एडमण्ड हिलारी बसेको होटलमा बस्न पाउँदा आफूलाई खुशी लागेको बताए ।

‘सर एडमण्ड हिलारी सोलुखुम्बु जाँदा त्यही होटलमा बस्नुहुँदो रैछ, म पनि त्यही होटलमा बस्ने मौका पाएँ, अझ त्यसमाथि पनि मलाई उहाँ बसेकै कोठामा राखिदिनुभयो, त्यसैले सोलुखुम्बुको यात्रा ऐतिहासिक क्षण बन्यो ।,’ राजारामले सुनाए ।

फिल्म ‘यात्रा’ को एक दृश्यमा हास्यकलाकार राजाराम पौडेल ।

साथै उनले होटलको उक्त कोठामा अहिले पनि ‘सर एडमण्ड हिलारीज रुम’ लेखिएको बताए । यो संयोगले आफूलाई निकै खुशी लागेको र सोलुखुम्बुको यात्रा पनि स्मरणीय भएको राजारामले बताए ।

फिल्म ‘यात्रा’ मा सलिनमान बनिया, मलिका महत, सलोन बस्नेत, जाह्नवी बस्नेत, धिरेन शाक्य लगायतका कलाकारको अभिनय रहेको छ  । फिल्मले एक चेतनामूलक कथालाई उठान गरेको छ । यो फिल्म नयाँ वर्षको मौका पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आएको हो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ११ : २४ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र