मलेसियाले नेपाली युवा टोलीलाई दियो ९३ रनको झिनो लक्ष्य | Khabarhub Khabarhub

मलेसियाले नेपाली युवा टोलीलाई दियो ९३ रनको झिनो लक्ष्य


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आईसीसी यु-१९ विश्वकप एसिया छनोटको तेस्रो खेलमा मलेसियाली युवा टोलीले नेपाली यु-१९ टोलीलाई ९३ रनको झिनो लक्ष्य दिएको छ । नेपालका पवन सरार्फ र कुसल मल्लको उत्कृष्ट बलिङमा मलेसियाका ब्याट्सम्यान निरिह रहे ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सकेको थियो ।

मलेसियाले ९२ रन बनाउने क्रममा इज्जत डेनियर फिक्रिले ३७ रन बनाउँदा कप्तान मोहम्मद अमिरले १३ र हाकिम हरिसानले १० रन मात्रै बनाउन सकेपछि नेपाली युवा टोलीले ९३ रनको झिनो लक्ष्य पाएको हो ।

मलेसियाविरुद्ध नेपालका कुसल मल्ल र पवन शरार्फले समान तीन-तीन विकेट लिए भने कमलसिंह ऐरीले दुई र सागर ढकालले एक विकेट लिएका थिए । नेपाल अहिले जवाफी व्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १० : ०२ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७