बागलुङमा पूर्ववडाध्यक्ष ५ दिनदेखि बेपत्ता « Khabarhub

बागलुङमा पूर्ववडाध्यक्ष ५ दिनदेखि बेपत्ता


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिका–४ कुडुँका ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता भएका छन् ।

चैत २८ गते बिहान ७ बजेदेखि हालसम्म परिवारको सम्र्पकमा नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य गरे पनि हालसम्म फेला पर्न नसकेको बताएको छ ।

परिवारले शर्माका बारेमा दिएको जानकारीका आधारमा चार दिनसम्म खोजीकार्य गर्दासमेत फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।

पाँच दिनसम्म परिवारको सम्र्पकमा नआएका कारण सबैलाई खोजी गरिदिन आग्रह गरेको परिवारका आफन्त भोलानाथ आचार्यले बताए । शर्माको खोजी गर्नका लागि स्थानीय बासिन्दा दिनभर ढोडेनी तथा कालीगण्डकी किनारमा जाने भए पनि शर्मा फेला पर्न सकेका छैनन् ।

शर्मा साविक बागलुङ नगरपालिका–१० का पूर्ववडाध्यक्ष हुन् । सामाजिक भावना भएका शर्मा बिना कारण बेपत्ता भएको परिवारले जनाएको छ । शर्मालाई बेपत्ता हुँदाको दिन स्थानीयले घरबाट तल ढोडेनी भन्ने ठाउँमा देखेको प्रहरीले जनाएको छ । घरदेखि तल ठूलो भीर र कालीगण्डकी नदी रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १० : ५० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।