अर्थमन्त्रीको निर्देशन– राजश्वमा गुणात्मक वृद्धि गर्नुहोस् « Khabarhub

अर्थमन्त्रीको निर्देशन– राजश्वमा गुणात्मक वृद्धि गर्नुहोस्


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


चितवन– अर्थमन्त्री डा युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन् । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई सोमबार  निर्देशन दिँदै मन्त्री खतिवडाले सङ्ख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्नुपर्ने बताए ।

करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उनले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिए । आर्थिक ऐन २०७५ ले गरेका व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए । आर्थिक ऐनले समय सीमा तोकेर विभिन्न क्षेत्रमा छुटको व्यवस्था गरेको थियो ।

मन्त्री खतिवडाले आगामी बजेटमा कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन पनि निर्देशन दिएका छन् । यस कार्यालयले चितवन र नवलपुर जिल्लाका धेरै मदिरा एवं बियर उद्योग हेर्ने भन्दै मन्त्री खतिवडाले अन्तः शुल्क सङ्कलनमा चुस्त–दुरुस्त ढङ्गले काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

सोही अवसरमा राजश्व सचिव लालशङ्कर घिमिरेले बजार अनुगमनमा कडाइ गर्दै बिल नकाट्ने, कम मूल्यको बिल काट्ने जस्ता गतिविधि भए तत्काल रोक्न निर्देशन दिएका थिए । निर्देशन पालना गर्दै लक्ष्य प्राप्तिमा भएका कमजोरीलाई हटाउँदै आगामी दिनमा बाँकी लक्ष्य प्राप्तिका लागि कार्य सम्पादनमा अझ प्रभावकारिता ल्याउने घिमिरेको भनाइ थियो ।

आन्तरिक राजश्व कार्यालयमा ५१ हजार करदाता छन् । चालू आर्थिक वर्षको चैतसम्ममा रु २० अर्ब राजश्व सङ्कलन भइसकेको   छ । यस आर्थिक वर्षमा रु ३० अर्ब राजश्व उठाउने लक्ष्य सो कार्यालयको रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १२ : ३४ बजे

आईपीएल फाइनल : पहिले ब्याटिङ गरेकाे गुजरातको कमजोर सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा डिफेन्डिङ च्याम्पियन रोयल

प्रधानमन्त्रीको अभिव्यक्तिले भारत जान तम्तयार रविलाई तनाव

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

सभामुख अघि बढ्न खोज्दा संसद्‍मा घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिसभाको आइतबार दिनभर चलेको बैठकमा साँझ तनाव भएको छ।

लागू औषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं- प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ गरेको