अफगानिस्तानको कुन्दुज शहरमा तालिबान समूहको भीषण आक्रमण « Khabarhub

अफगानिस्तानको कुन्दुज शहरमा तालिबान समूहको भीषण आक्रमण


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काबुल– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले मुलुकको उत्तरमा रहेको कुन्दुज शहरआसपास भीषण आक्रमण गरेको छ ।

सयौंको सङ्ख्यामा आएका तालिबानी लडाकुले कुन्दुज शहरको बाहिरी क्षेत्रमा भीषण आक्रमण गरिरहेको अफगानिस्तानका सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा भएको क्षतिबारे स्पष्ट नभइसके पनि अफगान सेनाले भने भीडन्तमा ४० भन्दा धेरै तालिबान लडाकु मारिएको तथा मौलवी नासिर नामक वरिष्ठ कमाण्डरसहित १२ तालिबान लडाकु घाइते भएको जनाइएको छ ।

कुन्दुज शहरमा भएको भीडन्तका क्रममा दर्जनौं मानिसहरु विस्थापित भएको अफगान अधिकारीले जनाएका छन् ।

हताहतिबारे कुनै टिप्पणी नगरेपनि तालिबानले पछिल्लो आक्रमण वसन्त ऋतुको सैनिक अभियान अन्तर्गत गराइएको जनाएको छ । पछिल्लो शुक्रबार तालिबानले अल फतेह नाम दिएर वसन्त ऋतुको आक्रमणको घोषणा गरेको थियो ।

हिउँद याममा अफगानिस्तानमा भारीमात्रामा हिउँ पर्ने भएकाले तालिबानले वसन्त ऋतुबाट सैनिक अभियान थाल्ने गरेको छ ।

वसन्त ऋतुको सैनिक आक्रमणको घोषणा गरेलगत्तै अफगानिस्तानका विभिन्न क्षेत्रमा तालिबान र सरकारी सुरक्षा फौजबीच भीषण भीडन्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १ : ०० बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६