विवेकशीलद्वारा बालुवाटारमा प्रदर्शन: ‘ठूलो माछा कता छ, सिंहदरबार जता छ’ « Khabarhub

विवेकशीलद्वारा बालुवाटारमा प्रदर्शन: ‘ठूलो माछा कता छ, सिंहदरबार जता छ’


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार बाहिर प्रर्दशन गरेको छ ।

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीका कार्यकर्ताले  प्रधानमन्त्री निवासको जग्गा समेत व्यक्तिको नाममा विक्री गरिएको विरोधमा सोमबार  १ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रर्दशन गरेका हुन् ।

प्रधानमन्त्री निवासको जग्गा नै गम्भिर अपचलनमा परेको समाचार बाहिर आएपछि आइन्दा कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडिनै विरोध प्रर्दशन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री निवासको जग्गा बिक्री भएको समाचार बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रर्दशन शुरु गरेको हो ।

‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान्, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानविन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ जस्ता नाराहरु लेखिएको प्ले कार्डसहित विवेकशीलका कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएका थिए ।

बालुवाटारको जग्गा बिक्री  घटना बाहिर आएपछि सरकारले पनि एक हप्ता अघि प्रधानमन्त्री निवासको जग्गा बिक्री गर्न रोक लगाउने निर्णय गरेको थियो ।

घटनाका विषयमा उचित छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि विवेकशील साझा पार्टीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ४ : ०१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन